Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

चितवनको एग्रोटेक प्रदर्शनीमा नेपालमै पहिलोपटक भ्याकुम फ्रिज ड्रायर प्रविधि सार्वजनिक

Spread the love


चितवन । कृषि तथा खाद्य प्रशोधन क्षेत्रमा नयाँ सम्भावना बोकेको लायोफिलाइजेसन प्रविधिमा आधारित भ्याकुम फ्रिज ड्रायर नेपालमा पहिलोपटक सार्वजनिक गरिएको छ। उक्त अत्याधुनिक प्रविधि आर.एम. एग्रोटेक प्रा.लि. ले भारतको अग्रणी कम्पनी आइस मेक रेफ्रिजरेसन लिमिटेड अन्तर्गतको ड्राइमेक ब्रान्डमार्फत चितवनको भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा जारी आठौँ नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रस्तुत गरेको हो।

माघ २ देखि ४ गतेसम्म सञ्चालन भइरहेको यो प्रदर्शनी कृषि, यान्त्रिकीकरण तथा आधुनिक प्रविधिको एकीकृत मञ्चका रूपमा परिचित छ। प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी कम्पनीका स्टलहरू रहेका छन्, जहाँ कृषि उपकरण, डेरी मेसिनरी, पशुपालन, खाद्य प्रशोधन र कोल्ड चेन प्रविधि प्रदर्शन भइरहेको छ।


प्रदर्शनीमा प्रस्तुत गरिएको भ्याकुम फ्रिज ड्रायर (लायोफिलाइजेसन) प्रविधिले न्यून तापक्रम र भ्याकुमको संयोजनमार्फत खाद्य तथा कृषि सामग्री सुकाउने काम गर्छ। यस प्रविधिबाट सुकाइएका उत्पादनमा पोषण तत्व, स्वाद र प्राकृतिक बनावट लामो समयसम्म जोगिने बताइएको छ। फलफूल, तरकारी, मासु, दुग्धजन्य पदार्थ तथा जडीबुटी प्रशोधनमा यसको प्रयोग विशेष उपयोगी हुने अपेक्षा गरिएको छ।


तीन दशकभन्दा बढी समयदेखि कोल्ड चेन तथा शीतलन समाधान क्षेत्रमा कार्यरत आइस मेक रेफ्रिजरेसन लिमिटेडका प्रविधिहरू नेपालमा आर.एम. एग्रोटेक प्रा.लि. ले वितरण गर्दै आएको छ। प्रदर्शनीमा भ्याकुम फ्रिज ड्रायरका साथै कोल्ड स्टोरेज, चिलर, फ्रीजर र आइस प्लान्टजस्ता सम्पूर्ण कोल्ड चेन समाधानहरू पनि प्रदर्शनमा राखिएका छन्।
आर.एम. एग्रोटेक प्रा.लि. का प्रबन्ध निर्देशक प्रकाश मेहताका अनुसार नेपालमा कृषि उत्पादनको ठूलो हिस्सा उचित भण्डारण र प्रशोधनको अभावमा नोक्सानी हुने गरेको छ। उहाँले लायोफिलाइजेसन प्रविधिले किसान तथा कृषि उद्यमीहरूलाई गुणस्तरीय, ऊर्जा–कुशल र दीगो समाधान प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। यस्ता प्रविधिको प्रयोगले कृषि उत्पादनको मूल्य अभिवृद्धि हुनुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सहज हुने उहाँको भनाइ छ।
प्रदर्शनी अवधिभर आगन्तुकहरूले प्रस्तुत प्रविधिहरूको प्रत्यक्ष अवलोकन गर्नाका साथै प्राविधिक जानकारी लिन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top