Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

वित्तीय शोषणविरुद्धको आवाज बोकेर राजनीतिमा मानसिङ बिक

Spread the love

सल्यान — सल्यान क्षेत्र नम्बर १ मा आगामी प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढ्दै गएको छ। यसै क्रममा यस क्षेत्रबाट मोबाइल चिन्हका उम्मेदवारका रूपमा मानसिङ बिक चुनावी मैदानमा उत्रिएका छन्।


मानसिङ बिक लघुवित्त तथा वित्तीय शोषणबाट पीडित जनताको आवाज बोकेर राजनीतिमा प्रवेश गरेका नेता हुन्। उनी “ऋणमुक्त जनता, ऋणमुक्त देश” भन्ने स्पष्ट दृष्टिकोणका साथ आर्थिक न्याय, राजनीतिक स्थायित्व र सुशासनको पक्षमा दृढ अडान राख्दै आएका छन्।
वर्षौँदेखि जनतालाई थिच्दै आएको वित्तीय शोषण, राजनीतिक बेथिति र भ्रष्टाचारको अन्त्य उनका मुख्य एजेन्डामध्ये पर्दछन्। उनी आम नागरिकलाई केन्द्रमा राखेर नीति निर्माण हुनुपर्नेमा जोड दिँदै आएका छन्।
शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशी विकासका क्षेत्रमा जनतामैत्री नीति र व्यवहारिक समाधान कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उनको प्राथमिकतामा रहेको छ। स्थानीय आवश्यकतामा आधारित विकास नै दिगो समाधान हुने उनको धारणा छ।


सडकदेखि संसदसम्म जनताको हक–अधिकारका लागि नडराउने र नझुक्ने नेतृत्वका रूपमा चिनिँदै आएका मानसिङ बिकलाई सल्यान क्षेत्र नम्बर १ का मतदाताहरूले परिवर्तनको भरोसायोग्य विकल्पका रूपमा हेर्न थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top