Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु

Spread the love

दैलेखमा चक्कु प्रहारबाट एक १६ वर्षीय किशोरको मृत्यु भएको छ। दुल्लू नगरपालिका ४, शान्ति बजारका प्रकाश खनालको चक्कु प्रहारबाट ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेशबहादुर बरालका अनुसार उपचारका क्रममा दुल्लू अस्पतालमा खनालको मृत्यु भएको हो । फुटबल खेलेर घर फर्किरहेका खनालमाथि दाहिने कोखाबाट पेटतर्फ निस्कने गरी चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार भएका दुल्लू नगरपालिका १०, गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई प्रहरीले घटनास्थलबाट करिब १० किलोमिटर टाढा चामुण्डा क्षेत्रको जंगलबाट पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा एउटै किशोरीलाई मन पराउने विषयमा विवाद हुँदा घटना भएको खुलेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार मुकुन्द शाहीले खनालसँग कुनै संवाद नगरी पछाडिबाट एक्कासी चक्कु प्रहार गरी घटनास्थलबाट जंगलतर्फ फरार भएका थिए ।

घटनापछि दुल्लू क्षेत्र शोकमग्न बनेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top