Flash Story
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
यूएईको अबुधाबीमा ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको पशुपतिमा अन्तिम संस्कार
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र

चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने

Spread the love

निराज रानाभाट, काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) को आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो – २०८२ ’ हुन भएको छ । ‘ स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय ’ भन्ने मूल नाराका साथ चैत ५ गतेदेखि ८ गतेसम्म ( बिहान ०९:०० बजेदेखि साँझ ०५:३० बजेसम्म ) राजधानी काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा उक्त एक्स्पो हुने छ । उक्त एक्स्पोमा व्यवसायीक स्टल ६५ वटा, अफिसियल स्टल ११ वटा, प्रतिस्पर्धा स्टल २ वटा, फूड स्टल २ वटा, ल्याण्डस्केप स्टल १ वटा, सेल्फी स्टल १ वटा तथा बी वाई डी इभी कार स्टल १ वटा सहित गरी जम्मा ८२ वटा स्टल रहने फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) का वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक राम बहादुर तामाङ ( सुनिल ) ले जानकारी दिए । त्यसैगरी, उक्त एक्स्पोमा एकै छानामुनि करिव ५ सय भन्दा बढी प्रजातिका फूल तथा फलफूल र आलंकारिक इनडोर / आउटडोर बिरुवाहरू, सिरेमिक र प्लास्टिकका गमलाहरु, अर्गानिक मल, गार्डनिंग तथा कौशी खेतीलाई आवश्यक पर्ने सामाग्रीहरु, उन्नत बिउबिजन र बगैँचाका आधुनिक औजारहरूबारे प्रत्यक्ष जानकारी र अवलोकन एवं खरिद गर्न पाउनुको साथै पुष्प व्यवसाय शुरु गर्न चाहनेहरूका लागि विज्ञहरूबाट व्यावसायिक परामर्श लिन सकिने फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) का अध्यक्ष राजेश भक्त श्रेष्ठले बताए ।

यस वर्ष पनि एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरिय फूल तथा आलंकारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराइने छ । उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग स्टल, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट तथा उत्कृष्ट कट फ्लावर ( गुलाब, जरबेरा र कार्नेशन ) विधामा पुरस्कृत गरिने छ । विजेताहरूलाई शिल्ड, नगद र प्रमाण – पत्रद्दारा पुरस्कृत गरिने छ । उक्त एक्स्पोमा सहभागी हुने नर्सरी वा फर्मले ३ वटा विधामा मात्र प्रतिस्पर्धा गर्न पाउने छन् । साथै, पुष्प उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात तथा निर्यातकर्ता, सामग्री आपूर्तिकर्ता कम्पनी फर्महरू तथा उपभोक्ताहरूको सक्रिय सहभागिता रहने छ । यस्तै, एक्स्पोमा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनीहरू र विभिन्न संघ / संस्थाहरूको सहभागिता रहने छ । उक्त एक्स्पोमा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलंकारिक बोटबिरुवाहरू, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङ्गका सामाग्री, थोपा सिचाई प्रबिधि, आधुनिक पुष्प खेती प्रबिधि, जैविक बिषादी, विभिन्न प्रकारका गमलाहरू, पुष्प सजावटका प्रदर्शनी तथा बिक्री कक्ष रहने छन् । साथै, फूल तथा बोटबिरुवाहरूमा लाग्ने रोग किराहरू तथा बिरुवाको स्वास्थ्यता प्रशिक्षण सम्बन्धमा जिज्ञासा भएमा सोको समाधानका बालि रोग बिशेषज्ञहरू सहितको टिमद्वारा मेला स्थलमा प्लान्ट क्लिनिक स्टलबाट सेवा उपलब्ध गराईने छ ।

उक्त एक्स्पोमा पुष्प उद्यमी / व्यवसायी / कम्पनीहरूको लागि आफूले उत्पादन गरेको पुष्प तथा पुष्पजन्य बस्तुको राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी बजार विस्तार गर्न, आफ्नो उत्पादन बिक्री / वितरण गर्न, पुष्प व्यवसायी तथा पुष्प उपभोक्ताहरूबीच प्रत्यक्ष सम्पर्क तथा समन्वय गर्न, विश्व बजारमा विकास भएका पुष्पको नयाँ नयाँ उत्पादनहरूलाई सार्वजनिक गर्न र ग्राहक उपभोक्ताहरूसँग आपसी सम्बन्ध स्थापना गर्न अभुतपुर्व अवसर हुने छ । साथै, पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नबिनतम प्रबिधीबारे प्रचारप्रसार गर्न सघाउ पुग्ने छ । पुष्प व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञासु एवं अध्ययन अध्यापनका साथै अनुसन्धान गर्ने महानुभावहरू सबैका लागि यो मेला बृहत् साझा मञ्च हुने आयोजकले विश्वास लिएका छ। यसका साथ साथै घर आँगन बगैचा सजाउन, पुष्प व्यवसायबारे ज्ञान शिप हासिल गर्न चाहने व्यक्ति, संघ / संस्थाहरूका लागि २७ औँ फ्लोरा एक्स्पो एक प्लेटफर्म बन्ने र महत्वपूर्ण सहयोग पुऱ्याउने छ भन्ने अपेक्षा आयोजकको रहेको छ । फ्यानका अनुसार यस वर्ष करिब ६० हजार अवलोकनकर्ताहरूद्वारा अवलोकन हुने तथा १ करोड २० लाख भन्दा बढीको व्यवसायिक कारोबार हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top