Flash Story
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन
सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ

५ वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त काठमाडौंबाट पक्राउ

Spread the love

काठमाडौं – पाँच वटा बैंकिङ कसुर मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–३ निवासी ३३ वर्षीय अन्जन भट्ट रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार भट्टविरुद्ध विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसुर सम्बन्धी पाँच वटा उजुरी दर्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनमा ५० लाख रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दा दर्ता भई उनी फरार रहेका थिए। त्यसैगरी जिल्ला प्रहरी परिसर ललितपुरमा १५ लाख रुपैयाँ, जिल्ला प्रहरी परिसर काठमाडौंमा १ लाख ४८ हजार रुपैयाँ, प्रहरी वृत्त बालाजुमा २ लाख ५० हजार रुपैयाँ तथा प्रहरी वृत्त कालिमाटीमा १ लाख ८० हजार रुपैयाँ बराबरको बैंकिङ कसुरको उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका भट्टलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top