दैलेखमा चक्कु प्रहारबाट एक १६ वर्षीय किशोरको मृत्यु भएको छ। दुल्लू नगरपालिका ४, शान्ति बजारका प्रकाश खनालको चक्कु प्रहारबाट ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेशबहादुर बरालका अनुसार उपचारका क्रममा दुल्लू अस्पतालमा खनालको मृत्यु भएको हो । फुटबल खेलेर घर फर्किरहेका खनालमाथि दाहिने कोखाबाट पेटतर्फ निस्कने गरी चक्कु प्रहार गरिएको प्रहरीले […]
थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न
धादिङ – नेपाली कम्युनिस्ट पार्टी थाक्रे गाउँपालिका वडा नं. २ को वडा कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलाबाट ५६ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको छ। भेलाले आगामी निर्वाचनलाई लक्षित गर्दै तारा चिन्हका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेलाई अत्यधिक मतले विजयी गराउने दृढ संकल्प व्यक्त गरेको छ। साथै, पार्टीका विचार, सिद्धान्त र एजेण्डालाई […]
थाक्रे–३ मा भोलि नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेटघाट हुँदै
धादिङ – नेपाली कम्युनिस्ट पार्टीले धादिङको थाक्रे गाउँपालिका–३ नम्बर वडामा भोलि अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ।आगामी राजनीतिक कार्यक्रम तथा संगठन सुदृढीकरणलाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त भेटघाट कार्यक्रममा पार्टीका जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता तथा वडास्तरीय अगुवा कार्यकर्ताहरूको सहभागिता रहने बताइएको छ।कार्यक्रममा वर्तमान राजनीतिक अवस्था, जनसरोकारका विषय, पार्टी संगठन विस्तार तथा […]
रुपन्देही–१ मा बदरुदोजा देवान (बर्दी) परिवर्तनको दाबीका साथ चुनावी मैदानमा
रुपन्देही क्षेत्र नम्बर १ बाट मोबाइल चिन्हका उम्मेदवार बदरुदोजा देवान (बर्दी) वित्तीय शोषणविरुद्धको संघर्षलाई मुख्य एजेन्डा बनाएर राजनीतिमा उभिनु भएको छ।लघुवित्त, सहकारी र बैंकको नाममा वर्षौँदेखि जनतामाथि भइरहेको आर्थिक शोषण र उठिबासको विरुद्ध आवाज उठाउँदै आउनु भएका देवान सशक्त अभियान्ताका रूपमा चिनिनुहुन्छ।राष्ट्रिय बैंकको अराजक नीति, लघुवित्तको चर्को ब्याज र सहकारीको नाममा हुने लुटतन्त्रको खुला विरोध […]
लघुवित्त शोषणविरुद्धको संघर्षलाई सदनसम्म लैजाने संकल्पसहित रमेश सेन्चुरी चुनावी मैदानमा
सुर्खेत – सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट आम जनता पार्टीका तर्फबाट मोबाइल चिन्हका उम्मेदवार रमेश सेन्चुरी चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ। लघुवित्त, सहकारी तथा बैंकको नाममा वर्षौँदेखि आम जनतामाथि भइरहेको वित्तीय शोषण, अन्याय र उठिबासको विरुद्ध नडराई आवाज उठाउँदै आउनु भएका सेन्चुरी जनपक्षीय राजनीतिका सशक्त प्रतिनिधि मानिनुहुन्छ।लघुवित्त तथा वित्तीय शोषणविरुद्धको आन्दोलनमा अग्रपंक्तिमा रहँदै […]
बालेन्द्र साहलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र साहलाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ। आयोगका अनुसार शाहको निर्वाचन प्रचारप्रसारका क्रममा सादा पोसाकका प्रहरी भोट माग्दै गरेको आशयको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि आइतबार दोस्रोपटक स्पष्टीकरण सोधिएको हो। त्यस्तै, निर्वाचन प्रचारका क्रममा शाहकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा के […]
ललितपुरमा निःशुल्क स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन
ललितपुर । आयुर्वेदमा वर्णन गरिएको बालबालिकाका लागि अत्यन्त लाभदायक औषधियुक्त थोपा स्वर्णबिन्दु प्राशन कार्यक्रम आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुरले सञ्चालन गरिरहेको छ। प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन नियमित रूपमा खुवाइने स्वर्णबिन्दु प्राशन अन्तर्गत १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई निःशुल्क सेवा प्रदान गरिँदै आएको चिकित्सालयले जनाएको छ। आयुर्वेदिक मान्यताअनुसार नियमित स्वर्णप्राशन गराउँदा बालबालिकाको शारीरिक तथा मानसिक […]
ललितपुरको कपिराङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
ललितपुर । जनस्वास्थ्य कार्यालय ललितपुरको आयोजनामा सोमबार (माघ १२ गते) महाँकाल गाउँपालिका–६, ठूलादुर्लूङ्गको कपिरामस्थित बागमती आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा २८७ जना सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवा लिएका थिए, जसमध्ये १३४ जना महिला र १५३ जना पुरुष रहेका जनस्वास्थ्य कार्यालयका कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए । शिविरअन्तर्गत परिवार नियोजन सेवातर्फ ३ […]
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आम जनता पार्टीको लुम्बिनी प्रदेश स्तरीय संयुक्त बैठक सम्पन्न
बुटवल -भ्रष्टाचारलाई खबरदारी गर्न तथा लघुवित्त र वित्तीय शोषणविरुद्ध एकजुट आवाज निर्माण गर्ने उद्देश्यसहित आम जनता पार्टी ले लुम्बिनी प्रदेश स्तरीय संयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। बुटवलमा सम्पन्न उक्त कार्यक्रमको सभा अध्यक्षता बद्री देवान ले गर्नुभएको थियो भने आम जनता पार्टीका अध्यक्ष प्रभु साह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा संघर्ष […]
जीवित देवी कुमारीको सांस्कृतिक परम्परामाथि आधारित नाटक ‘अग्निचक्षु’ सर्वनाममा मञ्चन हुँदै
काठमाडौँ – विश्वकै एक मात्र जीवित देवी कुमारीको सांस्कृतिक परम्परामा आधारित नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि २५ गतेसम्म काठमाडौँको कालिकास्थित सर्वनाम थिएटरमा नियमित रूपमा मञ्चन हुने भएको छ। साइलेन्ट एक्टको प्रस्तुति तथा नागरिक कल्याण समाज नेपालको आयोजनामा प्रस्तुत हुन लागेको यो नाटकले नेपाली समाजको सांस्कृतिक पृष्ठभूमिमा आधारित भएर नारी सशक्तीकरण, चेतना र सामाजिक रूपान्तरणको सशक्त […]

