Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

“कुनै पनि नागरिक आवासविहीन रहन्नन्”: विजय कँडेल

Spread the love

काठमाडौं – उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य विजय कँडेलले बिपन्न तथा आवासविहीन नागरिकका लागि सुरु गरिएको आवास कार्यक्रमलाई आफूले व्यक्तिगत रूपमा नेतृत्व गर्दै अघि बढाइरहेको बताएका छन्।

कँडेलका अनुसार यो अभियान आफ्नो प्रमुख प्राथमिकता हो।
“हाम्रो क्षेत्रका कुनै पनि नागरिक आवासविहीन रहून् भन्ने हामी कहिल्यै चाहँदैनौँ। सबै आवास–विहीन नागरिकको तथ्यांक स्थानीय तह, वडा, समुदाय र स्वयंसेवी साथीहरूसँग समन्वय गरेर छिटो संकलन गरौँ। सबैलाई यथोचित आवास उपलब्ध गराउने हाम्रो प्रतिबद्धता दृढ र अटल छ,” कँडेलले दृढतापूर्वक भने।

कँडेलले बिपन्न, दलित, एकल महिला, अपांगता भएका व्यक्ति तथा भूमिहीन परिवारलाई प्राथमिकताका साथ आवास उपलब्ध गराउने आफ्नो योजनालाई पनि स्पष्ट पारेका छन्। उनका अनुसार तथ्यांक संकलन सम्पन्न भएपछि आवास निर्माणको प्रक्रिया तीव्र रूपमा अघि बढाइने छ।

स्थानीय तह र पार्टी संरचनामा पनि उनले सबैलाई सक्रिय रूपमा संलग्न भएर आवासविहीन नागरिक पहिचान गर्न आग्रह गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top