Flash Story
पूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको ‘खुट्टा भाँच्ने’ अराजक अभिव्यक्ति
दलित जेन–जेड एलायन्सले जातीय छुवाछुत अन्त्यका लागि सात बुँदे सुधार प्रस्ताव सार्वजनिक गर्यो
अर्थ समितिमा न्याय माग्दै पुगे लघुवित्त पीडित, प्रतिवेदन कार्यान्वयन गर्न माग
चाँदनीचोकमा आयोजित स्वास्थ्य शिविर तथा वृहत् रक्तदान कार्यक्रम सम्पन्न
मानव अधिकार आयोगको प्रतिवेदनमाथि गम्भीर प्रश्न
कर्णालीबाट लघुवित्त पीडितको सरकारलाई चेतावनीः असार १५ पछि कडा आन्दोलन
न्यायको माग गर्दै आरती रावल पुनः आमरण अनसन बस्ने
भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले गर्यो आन्दोलनको घोषणा
कैलालीको अत्तरियाबाट लघुवित्त पीडितको सरकारलाई चेतावनी

गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र

Spread the love

गुल्मी – गुल्मी क्षेत्र नम्बर १ मा आम जनता पार्टी का समानुपातिक उम्मेदवार मनिराम ज्ञवालीले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। चुनाव नजिकिँदै जाँदा ज्ञवालीले टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छन्।


घरदैलो अभियानका क्रममा उनले लघुवित्त तथा सहकारीको नाममा भइरहेको आर्थिक शोषण, बेरोजगारी समस्या, कृषि तथा युवाको पलायनजस्ता विषयलाई प्राथमिकतामा राख्दै आवाज उठाइरहेको बताएका छन्। “समानुपातिक प्रतिनिधित्वमार्फत उत्पीडित र आर्थिक रूपमा पीडित वर्गको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता छ,” उनले बताएका छन्।


स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनले जनताको समस्या बुझ्ने र त्यसको समाधानका लागि नीति निर्माण तहसम्म संघर्ष गर्ने अठोट व्यक्त गरेका छन्। अभियानमा स्थानीय कार्यकर्ता तथा समर्थकहरूको उत्साहजनक सहभागिता देखिएको छ।
गुल्मी–१ मा ज्ञवालीको सक्रिय घरदैलो कार्यक्रमले चुनावी माहोल थप तताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top