Flash Story
जुवा (कौडा) खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार ३ सय नगद रकम सहित ७ जना मानिसहरू नियन्त्रणमा
संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक 
के नेपालमा गरिब भएर जन्मिनु अपराध हो? अस्पतालको ढोकामा रोइरहेका नेपालीको पीडा
मन्त्रिपरिषद्का निर्णय : विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस,
धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु
३ करोड ३८ लाखभन्दा बढी रकमको अनलाइन सट्टसबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जना मानिस नियन्त्रणमा
बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो
चोभार–ड्राइपोर्ट सडकमा जोखिमै जोखिम, खाल्डाखुल्डीले दुर्घटनाको त्रास
स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

Category: समाज

संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक 

काठमाडौँ –संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक आइतबार सार्वजनिक गरिएको छ। शिखा बुक्सले प्रकाशित गरेको पुस्तकको संविधान सभाको मानवअधिकार समितिकी सभापति बिन्दा पाण्डे, परशुराम रम्तेल, राष्ट्रिय सभा सदस्य रेनु चन्द, राजनीतिक नेतृ उषाकिरण तिम्सिना, प्राध्यापक राम लोहनी, लेखक सुशील पौडेल, कानुनकी विद्यार्थी अञ्जली कार्की, बौद्ध गुरु र शिखा बुक्सका पुष्प पराजुलीले संयुक्त रूपमा विमोचन गरे। लैङ्गिक तथा यौनिक विविधताबारे समाजमा रहेको बुझाइ स्पष्ट पार्न पुस्तक उपयोगी हुने वक्ताहरूले बताए। उनीहरूले पुस्तकका विषयवस्तु विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्न सुझाव दिए। लैङ्गिक तथा यौनिक विविधतालाई पूर्वीय दृष्टिकोणबाट माटो सुहाउँदो ढङ्गले बुझ्न पुस्तकले सहयोग गर्ने उनीहरूको भनाइ थियो। पश्चिमा बुझाइका कारण सिर्जना भएका भ्रम चिर्न पनि पुस्तक उपयोगी हुने उनीहरूले बताए। लिङ्ग भन्ने बित्तिकै पुरुष र महिला मात्रै बुझ्ने समाजमा समलिङ्गी, तेस्रोलिंगी र अन्तरलिंगी व्यक्तिको पहिचानलाई सर्वस्वीकार्य बनाउन पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्ने वक्ताहरूले विश्वास व्यक्त गरे।  लैङ्गिक तथा यौनिक विविधता जैविक, सामाजिक र मानवीय पक्षसँग जोडिएको विषय भएकाले यसबारेको बुझाइलाई फराकिलो बनाउन आवश्यक रहेको उनीहरूको भनाइ थियो। २०६२/०६३ को आन्दोलनदेखि नेपालको संविधानमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार संवैधानिक रूपमा समावेश गराउनसम्म पन्तको भूमिका महत्त्वपूर्ण रहेको वक्ताहरूले बताए। पुस्तकले लैङ्गिक तथा यौनिक विविधतासम्बन्धी बहसलाई थप तार्किक र तथ्यपरक बनाउने उनीहरूले विश्वास व्यक्त गरे। पुस्तकका लेखक पन्तले यो पुस्तक सबैभन्दा बढी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सम्पूर्ण साथीहरूमा समर्पित गरेका छन्। लैङ्गिक तथा यौनिक विविधताबारे समाजमा विद्यमान धारणा, पहिचान र बुझाइलाई प्रश्न गर्दै अघि बढेको पुस्तकले मानिसलाई सीमित वर्ग र परिभाषामा राखेर हेर्ने दृष्टिकोणमाथि समेत विमर्श गरेको छ। ‘लिङ्ग : चिह्न, लक्षण, प्रतीक र सङ्केत’ देखि ‘अन्तिम प्रश्न : मानिस क्याटगोरीका लागि कि क्याटगोरी मानिसका लागि?’ सम्मका विषय समेटिएको पुस्तकमा ३४ अध्याय छन्। पुस्तकको मूल्य ४२५ रुपैयाँ तोकिएको छ।

के नेपालमा गरिब भएर जन्मिनु अपराध हो? अस्पतालको ढोकामा रोइरहेका नेपालीको पीडा

विचार | विमल तामाङ, समाजसेवी कहिलेकाहीँ मनमा एउटा प्रश्न उठ्छ—हामी कस्तो समाज निर्माण गर्दैछौँ? के नेपालमा गरिब भएर जन्मिनु नै अपराध हो? पैसा नहुने मानिसलाई बिरामी हुने अधिकार छैन? के एउटा गरिब नेपालीले आफ्नै देशको अस्पतालमा सहज उपचार पाउने आशासमेत गर्न नपाउने हो? आज एउटा नेपाली नागरिकको मनभित्र गुम्सिएको यही पीडा बोल्न मन लागेको छ। […]

धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु

काठमाडौं – धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी बाढी जस्तो विपत्ति निम्तिएकोे युवाहरुले बताएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा भएको अन्तरक्रियामा उनिहरुले अमेरिका, रुस, चिन र भारतलगायतका देशहरुबाट क्षतिपूर्ति माग्नु पर्नेसमेत धारणा व्यक्त गरे । क्रान्तिकारी युवा संघ नेपालले आयोजना गरेको ‘जलवायु संकट समाधानका लागि यूवा पुस्ताको अभियान’ विषयक अन्तरक्रियामा बोल्ने जलवायू […]

कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक

काठमाडौं : पूर्णवहादुर सिंह ‘समरजङ्ग’को ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र खम्बु चन्दको ‘समाजवादको मौलिक मार्गचित्र’ पुस्तक विमोचन भएका छन् । बुधबार राजधानीको संवाद डबलीमा भएको बिमोचन कार्यक्रमा समिक्षकहरुले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक मार्गदर्शनका लागि यी पुस्तकहरु महत्वपूर्ण सामग्री हुनेसमेत बताए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले पूर्ण सिंहको नवऔपनिवेशिक दलाल पुँजीवादले नेपाली […]

‘समुन्नति कार्यक्रम’ अन्तर्गत बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख रुपैयाँ सहयोग

काठमाडौं : बाढी तथा विपद्बाट प्रभावित परिवारलाई राहतमा मात्र सीमित नराखी पुनःस्थापना र जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले ‘समुन्नति कार्यक्रम’ अघि बढाइएको छ। कार्यक्रमअन्तर्गत प्रारम्भिक चरणमा पहिचान भएका बाढी प्रभावित परिवार तथा व्यक्तिलाई न्यूनतम १ लाख रुपैयाँ बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराइने भएको छ। नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सञ्चालन हुने कार्यक्रममार्फत सहायता रकम सम्बन्धित लाभग्राहीको बैंक […]

२५९ क्यापसुल ट्रामाडोलसहित १९ वर्षीय युवक पक्राउ

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ जगडोलबाट प्रहरीले २५९ क्यापसुल ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ। मिति २०८३ असोज १९ गते राति ११ः४९ बजेको समयमा पानी ट्याङ्की नजिक शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ कपन, खरिबोट बस्ने […]

बाढी प्रभावित परिवारलाई ‘समुन्नति कार्यक्रम’मार्फत न्यूनतम १ लाख सहयोग

काठमाडौं : चाडपर्व नजिकिँदै गर्दा बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘समुन्नति कार्यक्रम’ अघि बढाएको छ। कार्यक्रमअन्तर्गत पहिचान भएका प्रभावित परिवार तथा व्यक्तिलाई जीविकोपार्जनका लागि न्यूनतम १ लाख रुपैयाँ बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराइनेछ। नगद सहायता वितरणका लागि मन्त्रालय र […]

अखिल (क्रान्तिकारी)ले गर्‍यो रक्तदान

काठमाडौं : रेडक्रस ब्लड बैंकमा देखिएको रगत अभावलाई ध्यानमा राख्दै नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। प्रदर्शनीमार्गस्थित रेडक्रस ब्लड बैंकमा आइतबार आयोजित  कार्यक्रममा संगठनका नेता–कार्यकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। रगत अभावका कारण उपचाररत बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन समस्या भइरहेको अवस्थालाई ध्यानमा राख्दै रक्तदान कार्यक्रम आयोजना गरिएको संगठनले जनाएको छ। कार्यक्रममा सहभागीहरूले रक्तदान गर्दै मानवीय सेवामा योगदान गरेका थिए। रक्तदानले आकस्मिक उपचार, शल्यक्रिया तथा अन्य स्वास्थ्य उपचारका क्रममा आवश्यक पर्ने रगत व्यवस्थापनमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ। अखिल (क्रान्तिकारी)का केन्द्रीय कार्यालय सचिव सर्जन पाण्डेका अनुसार ब्लड बैंकमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो। उनले विद्यार्थी तथा युवाहरूलाई सामाजिक तथा मानवीय सेवाका अभियानमा जोडिन आग्रह गरे। अखिल (क्रान्तिकारी)ले विद्यार्थीका शैक्षिक तथा राजनीतिक मुद्दासँगै सामाजिक सरोकारका विषयमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ। संगठनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।

बाढीबाट आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापनमा मन्त्री सीता वादीको सक्रियता

रसुवा : भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका राखिएको विदुर नगरपालिका–२ स्थित अन्नपूर्ण पञ्चकन्या होल्डिङ सेन्टर खाली गरिएको छ। बालबालिकालाई आफन्तबाट टाढा राखिएको भन्दै आफन्त तथा स्वयं बालबालिकाबाट निरन्तर आवाज उठेपछि महिला, बालबालिका, लैङ्गिक तथा अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र उत्तरगया गाउँपालिकाको समन्वयमा बालबालिकाको विस्तृत लेखाजोखा गरी अधिकांश बालबालिकालाई आफन्त तथा […]

कीर्तिपुरबाट २५.१ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित ४ जना पक्राउ

काठमाडौं – काठमाडौंको कीर्तिपुरबाट २५.१ ग्राम लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन्। प्रहरीका अनुसार २०८३ असोज १६ गते साँझ करिब ५ बजे कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा लागूऔषध ओसारपसार तथा बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा प्रहरीले २५.१ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, डिजिटल तराजु […]

Back To Top