Flash Story
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ
सुनकोशी नदीमा कार खस्यो
५ वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त काठमाडौंबाट पक्राउ
सरकार र लघुवित्त पीडितबीच पाँच बुदे सहमति, अनशनका कार्यक्रम फिर्ता

थाक्रे-८ स्थित महाङ्कालेश्वरी माविमा खेलकुद र शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

Spread the love

धादिङ : थाक्रे गाउँपालिका वडा नं ८ मा अवस्थित श्री महाङ्कालेश्वरी माध्यमिक विद्यालयमा खेलकुदका सामग्री, खेलाडीहरूका लागि ड्रेस, स्टेशनरीलगायत शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

एसओडी नेपालका अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठको विशेष पहलमा र ओम साईबाबा अस्पताल तथा ईजि बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्मका सञ्चालक दयाराम कार्कीको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्द थापा ज्यूलाई शैक्षिक सामग्री र खेलकुदका सामग्री विद्यालयका खेल शिक्षक ईश्वर पन्त ज्यूलाई हस्तान्तरण गरियो। खेलाडीहरूलाई भने ड्रेस वितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष रामकुमार आचार्य र विशेष अतिथि समाजसेवी रामेश्वर थापा ज्यूलाई आयोजकहरूले धन्यवाद ज्ञापन गरेका छन्। कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका तथा विद्यालय परिवारको उल्लेखनीय सहयोग रहेकोमा आयोजक पक्षले आभार व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top