Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

लघुवित्त पीडितका लागि काठमाडौंमा घरबासको तयारी, संघर्ष जारी रहने रोमन थापाको घोषणा

Spread the love


काठमाडौं – देशभर लघुवित्त, सहकारी, बैंक तथा मिटरब्याज पीडितहरूका लागि संघीय राजधानी काठमाडौंमा स्थायी घरबासको पहल सुरु गरिएको छ। हालसम्म पाँच सयभन्दा बढी विस्थापित घरपरिवारलाई पुनःस्थापनाका लागि तयारी भइरहेको लुम्बिनी प्रदेश प्युठानका राष्ट्रिय स्वयंसेवक रोमन थापाले बताएका छन्।

उनका अनुसार दशौँ वर्ष लागे पनि वित्तीय शोषणविरुद्धको संघर्ष आफ्नो परिवारसहित काठमाडौंमै निरन्तर गर्न सकियोस् भनेर जमिन उपलब्ध गराउने तयारीमा पहल भइरहेको छ।

“अब लघुवित्त र बैंकहरूले घर लिलाम गरे, ब्ल्याकलिस्टमा राखे पनि डराउनु पर्ने अवस्था छैन। गास, बास र कपासको कुनै चिन्ता लिनु पर्दैन,” थापाले भने।

थापाले देशका सबै जिल्लामा रहेका लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्षरत अभियन्ताहरूलाई एकआपसमा समन्वय गरी पीडितहरूलाई सम्पर्कमा रहन आग्रह गरेका छन्।

उनले जनाए अनुसार काठमाडौंमा पुनःस्थापनाको लागि आवश्यक पूर्वाधार तयार पारिँदैछ र आगामी दिनमा अझ ठूलो संख्यामा पीडित परिवारलाई राहत दिने लक्ष्य लिएको छ।

यसअघि पनि विभिन्न ठाउँमा लघुवित्तका ऋणमा परेका नागरिकहरूको घर लिलामीमा परेको, आत्महत्या जस्ता गम्भीर घटना भएका खबरहरू सार्वजनिक भइरहेका छन्। यसै कारण देशभर पीडितहरूको साझा मञ्च बनेको छ र उनीहरूले विभिन्न आन्दोलन, दबाब र पुनःस्थापनाको कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top