Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

Spread the love

काठमाडौँ – हाल देशभर मनसुनको सक्रियता देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेकाले देशभर साधारणतया बदली रहेको मौसमविद्हरूको भनाइ छ।

कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो सबै प्रदेशमा बदली रही धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा, तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि यस्तो नै अवस्था रहनेछ।
विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी प्रदेश र अन्य तराई तथा पहाडी भू-भागमा चट्याङसहित वर्षा, साथै कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।

सावधानी अपनाउन अनुरोध गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top