Flash Story
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा
किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु
थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

हाइकिङ ६१ औं श्रृङ्खलामा अस्तामको नौमती बाजापार्क र धिताल गाउँको प्रवद्र्धन

Spread the love

कास्की । हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाईकिङ भाग ६१ को श्रृङखलामा कास्कीको धिताल गाउँ र अस्तामको नौमती बाजापार्कको प्रवद्र्धन गरिएको छ ।
साउनको अन्तिम शनिबार कास्कीको पोखरा महानगरपालिका -९, दरबारथोकमा भेला भई हेमजाको सुइखेतसम्म बसमा, त्यसपछि पैदल हेम्जाकोट सामुदायिक होमस्टे हुदै धिताल होमस्टेमा पुग्दा संचालन विशाल पौडेलले पुष्पगुच्छाले स्वागत गरेका थिए ।
हाइकिङ समूह धितालबाट, अस्तामको नौमती बाजापार्क, अस्ताम गाउँ, झिझिर्का हुँदै मिलनचोकसम्म पैदल आई हाइकिङ समापन गरिएको थियो । त्यसपछि माछापुच्छ्रे गाउँपालिका -६, अस्ताममा रहेको नौमती बाजा समुन्द्री सतहबाट १ हजार ५ सय ५० मिटरको उचाईको पोखरीडाँडामा निर्माण गरिएको नर्सिङ्गा, सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, झ्याली, ढोलकजस्ता बाजा प्रदर्शनमा राखिएको छ ।

हरेक महिनाको अन्तिम शनिबार विगत ६ वर्षदेखि नियमित रुपमा हाईकिङ कार्यक्रम संचालन भइरहेको छ । क्लबको आयोजना भएता पनि उक्त दिनको यातायात र खानाको खर्च सहभागि आफैँले व्यहोर्नु पर्ने यस कार्यक्रममा दिनप्रतिदिन सहभागिताको वढ्दो उपस्थितिले क्लबलाई हौसला मिलेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले वताए । पहिलो पटक सहभागि जनसंचार डटकमका प्रकाशक, पत्रकार ओम हमालले हरेक महिना नयाँ – नयाँ गन्तव्यमा पैदलै हिड्दै, गाउँघर चाहर्दै गाउँको अर्गानिक खानाको स्वाद लिन पाईने भएकोले यसको आकर्षण बढ्ने बताए । उनले यस्ता राम्रा कार्यक्रमहरु गरी ग्रामिण पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने संस्थालाई राज्यले सहयोग गर्नु पर्ने पनि बताए ।

हाइकिङमा सहभागि पवित्र बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा समाजसेवी बुद्धि बहादुर रानाभाटले हाइकिङको सुरुवाती समयमा आफू पनि सहभागी हुने गरेको स्मरण गर्दै हाइकिङले हिड्ने बानीको विकास गर्ने बताए । हाइकिङ कार्यक्रममा पोखरा महानगरपालिका -११, फूलवारीकी कक्षा ५ की विद्यार्थी १० वर्षीय सगुन वास्तोला, व्यवसायी, राजनीतिक व्यक्तित्व, विभिन्न पेशा / व्यवसायमा आवद्ध सहभागी भएका थिए । आगामी ६२ औं हाईकिङ श्रृङ्खला भदौको अन्तिम शनिबार २८ गते आयोजना गरिने छ, भने कहाँ जाने भन्ने निर्णय तेश्रो शनिबार गरिने क्लबका सदस्य पितम सेन ठकुरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top