Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

ब्राइट फ्युचर माध्यमिक विद्यालय र कलेजको १७ औं वार्षिक उत्सवको अवसरमा ‘ बृहत रक्तदान कार्यक्रम ’ सम्पन्न

Spread the love

निराज रानाभाट,

ललितपुर – ब्राइट फ्युचर माध्यमिक विद्यालय र कलेजको १७ औं वार्षिक उत्सवको अवसरमा ‘ बृहत रक्तदान कार्यक्रम ’ सम्पन्न भएको छ । ललितपुरको ललितपुर महानगरपालिका -१५, सातदोबाटोमा रहेको उक्त कलेजले आज बिहान ०८:०० बजेदेखि १०:३० बजेसम्ममा रक्तदान कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । उक्त रक्तदान कार्यक्रममा शिक्षकशिक्षिका, विद्यार्थी, अभिभावक तथा इज्छुक व्यक्तिहरुले उत्साह पूर्ण उपस्थितिमा ३३ पिन्ट ( युनिट ) रगत संकलन गरिएको कलेजले जानकारी दिएको छ । उक्त रक्तदान कार्यक्रमको प्राविधिक सहयोग रक्त सञ्चार केन्द्र पुल्चोक शाखा ( ललितपुर ) ले गरेको थियो ।

१७ औं वार्षिक उत्सवको अवसरमा ‘ रक्तदान जीवनदान ’ भन्ने मूल नाराकासाथ कार्यक्रम आयोजना गरिएको कलेजका प्रिन्सिपल किशोर अधिकारीले बताए । मानिसको जीवन बचाउने कार्यका लागि रगत आवश्यक भएकोले र गर्मी मौसममा बढ्ने डेंगु, मलेरिया जस्ता अन्य रोगका कारणले हाल ललितपुरलगायत देशभरमा उच्च रक्त अभाव भएको अवस्थालाई मध्यनजर गर्दै रगतको परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल अधिकारीले बताए । मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावस्यक हुने र रक्तदान महादान भएकोले रक्तदान गर्नका लागि प्रोत्साहित गर्नु पर्ने अधिकारीले बताए । उक्त कलेजले आफ्नो नैतिक र सामाजिक उत्तरदायित्व अनुरुप विद्यार्थीहरुको पठनपाठन सहितका रक्तदान कार्यक्रमलगायत विभिन्न सामाजिक कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ ।

पछिल्लो समय अभिभावक र विद्यार्थीहरुको रोजाइमा पर्दै आएको ब्राइट फ्युचर माध्यमिक विद्यालय र कलेजले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगरेको कलेजका प्रिन्सिपल अधिकारीले बताए । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापका साथै पढाइमा केन्द्रित गर्न कलेजले कुनै कुरामा सम्झौता नगरेको अधिकारीले बताए । उक्त कलेजमा मन्टेश्वरीदेखि स्नातक तहसम्म पढाइ हुने यस शिक्षालयमा हाल कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा, कानुन, मानविकी र स्नातक तहमा बिबिएस, बि.एड. फ्याकल्टी र सिए कक्षामा अध्यान अध्यापन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top