Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

नेपाली जनताले सोचेअनुसारको सङ्घीयता देशमा चल्न सकेको छैन् : सांसद ढुंगाना

Spread the love

काठमाडौँ। नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपालको भूमि लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने चीन—भारतबिचको सम्झौता दुःखद भएको बताएका छन् ।

राष्ट्रियसभाको शुक्रवारको बैठकमा बोल्दै ढुंगानाले चीनका विदेशमन्त्री भारतमा गएर नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरामा व्यापार मार्ग खोल्ने सम्झौता गर्नु नेपाल र नेपाली जनताका लागि दुःखद भएको बताएका हुन् ।

उनले भने, ‘तत्कालीन नेपालका प्रधानमन्त्री सुशील कोइरालाले नोट लेखेरै भारतलाई यो त्रिपक्षीय ठाउँ हो । यो नेपालको भूमि हो । नेपाललाई नसोधी जुन किसिमको सम्झौता गर्नुभयो, त्यसको विरोध गर्दछौँ भनेर भनेका कुराहरू अहिले पनि म बिर्सिन्न । नेपाल सरकारले आफ्नो नक्सा पनि निकालिसकेका छौँ, प्रधानमन्त्रीज्यू चीन पनि र भारत पनि जाँदै हुनुहुन्छ । आफ्ना कुराहरू कूटनीतिक तवरले राख्नुहोला ।’

सांसद ढुंगानाले नेपाली जनताले सोचेअनुसारको सङ्घीयता देशमा चल्न नसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top