Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

रेमिट्यान्स हालसम्मकै उच्च, कति प्रतिशतले बढ्यो ?

Spread the love

काठमाडौँ। गत आर्थिक वर्ष २०८१/८२ रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च भित्रिएको छ ।

मासिक रूपमा पनि क्रमशस् उच्च आउने गरेको रेमिट्यान्स आप्रवाह वार्षिक पनि हालसम्मकै उच्च हो ।

आर्थिक वर्ष २०८१/८२ मा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह गत आवको तुलनामा १९.२ प्रतिशतले धेरै हो ।

आर्थिक वर्षमा १४ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । आर्थिक वर्षमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०८२ असार महिनाको विप्रेषण आप्रवाह एक खर्ब १८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब १७ अर्ब ७८ करोड रहेको थियो ।

समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६।३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षमा खुद द्वितीय आय १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रहेको थियो । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९ सय ५७ र पुनस् श्रम स्वीकृति लिनेको सङ्ख्या ३ हजार ३३ हजार ३ सय ९ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या क्रमशस् ४ लाख ६० हजार एक सय २ र २ लाख ८१ हजार १ सय ९५ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top