श्री महाङ्कालेश्वरी माध्यमिक विद्यालयका सात विद्यार्थीलाई छात्रवृत्ति वितरण

Spread the love

काठमाडौं – श्री महाङ्कालेश्वरी माध्यमिक विद्यालयका सात जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।

विगत तीन वर्षदेखि गरिब तथा जेहेन्दार विद्यार्थीहरूको सम्पूर्ण पढाइ खर्च बेहोर्दै आएको विद्यालयका पूर्वविद्यार्थी समूहका सचिव दयाराम कार्कीले यसपटक पनि कक्षा १२ सम्म पढाइको जिम्मेवारी लिने प्रतिबद्धता जनाएका छन्। सोही क्रममा विद्यार्थीहरूको एक वर्षको सम्पूर्ण खर्च अभिभावकलाई चेकमार्फत हस्तान्तरण गरिएको छ भने विद्यार्थीलाई प्रमाणपत्रले सम्मान गरिएको किवानिज क्लब अफ काठमाडौं सारथीका अध्यक्ष रामराजा थापाले जानकारी दिए।

कार्यक्रममा निरन्तर रुपमा छात्रवृत्ति, स्टेशनरी, स्कुल ड्रेस, ब्याग वितरण गर्दै आएको र विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर राख्दै स्वास्थ्य परीक्षणसमेत गराउँदै आएको पहलकर्ता तथा पूर्वविद्यार्थी दयाराम कार्कीलाई विद्यालय परिवारले विशेष सम्मान गरेको प्रध्यानाध्यापक मुकुन्द थापाले बताए।

यसै क्रममा किवानिज डिस्ट्रिक्टका IPDG तिर्थकुमार सिंह, KCFN चेयर गोपिमान श्रेष्ठ, सारथी क्लबका संस्थापक अध्यक्ष धनुमाया सिंजाली र कार्यक्रम संयोजक कैलास श्रेष्ठले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए।

मुख्य अतिथि वडा अध्यक्ष रामेश्वर थापाले लाखौँ खर्च गरेर आफ्नै वडाका विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु प्रशंसनीय कार्य भएको उल्लेख गर्दै किवानिज क्लब परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top