Flash Story
रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री रामजी यादवको उम्मेदवारी
जीडब्लुएम ओरा ५ ईभी नेपालमा सार्वजनिक, एक पटकको चार्जमा ५२० किमीसम्म चल्ने
प्रहरीको तलब पनि १५ दिनमा
रास्वपाको महामन्त्रीमा मनिष झा : सक्षम, निष्ठावान र सर्वस्वीकार्य नेतृत्व
सीमा र देशको विषयमा बोल्दा बालेन सरकारले हामीलाई थुन्योः जेनजी अभियान्ता
आयुष्मा कार्की र सुधिर श्रेष्ठको अभिनय रहेको ‘मन खान्छ कटक्कै’ गीतको म्युजिक भिडियो सार्वजनिक
रासायनिक मल अभावले किसान संकटमा, थाक्रे–६ का वडा अध्यक्षको सरकारलाई प्रश्न
पूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको ‘खुट्टा भाँच्ने’ अराजक अभिव्यक्ति
दलित जेन–जेड एलायन्सले जातीय छुवाछुत अन्त्यका लागि सात बुँदे सुधार प्रस्ताव सार्वजनिक गर्यो

मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुने

Spread the love

काठमाडौँ। निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ का लागि उपनिर्वाचनको मिति तोकेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, कात्तिक १७ गते हुनेगरी उपनिर्वाचनको मिति तोकिएको हो ।

सो क्षेत्रका प्रतिनिधि राजिव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए ।

गत असार ४ गते सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवधानिक इजलासले उनको पदमुक्त हुने फैसला सुनाएको थियो ।

सर्वोच्च अदालतबाट मिति २०८१/७/२० मा प्रत्यर्थी दीपक मनाङ्गे भन्ने राजीव गुरुङ उपरको ज्यान मार्ने उद्योग मुद्दा फैसला भएपश्चात् निज उक्त प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर भएको पूर्णपाठमा उल्लेख छ ।

संवैधानिक इजालसले उम्मेद्वार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top