काठमाडौँ। माओवादी केन्द्र नै नेपालमा समाजवाद निर्माण गर्ने सम्भावना बोकेको पार्टी भएको उनको दाबी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीका कतिपय नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसेको बताए । उनले भने, ‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रक्रियामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल […]
रेमिट्यान्स हालसम्मकै उच्च, कति प्रतिशतले बढ्यो ?
काठमाडौँ। गत आर्थिक वर्ष २०८१/८२ रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च भित्रिएको छ । मासिक रूपमा पनि क्रमशस् उच्च आउने गरेको रेमिट्यान्स आप्रवाह वार्षिक पनि हालसम्मकै उच्च हो । आर्थिक वर्ष २०८१/८२ मा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह गत आवको तुलनामा १९.२ प्रतिशतले धेरै हो । […]
लोकतान्त्रिक गणतन्त्रमा प्राप्त अधिकारीबारे जनतालाई स्पष्ट पार्नुपर्छ : पम्फा भुसाल
काठमाडौँ। नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले थप अधिकारका निम्ति समाजवादी बाटोमा अघि जाने एजेण्डामा गीत रचना हुनुपर्ने बताएकी छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अहिले तिज एउटा पर्वको रूपमा रहेको बताइन् । परिवर्तनको उपभोग गर्ने, परिवर्तनबाट प्राप्त गरेका कुराहरूलाई जनतामा लैजाने, आम विद्यार्थीमा पुर्याउने र […]
राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । हिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको […]
भियतनामकी उपराष्ट्रपति सुआन र समकक्षी यादवबीच भेटवार्ता
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ । शनिबार काठमाडौं आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेकी हुन् । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुआनलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनले नेपालको तीन दिने औपचारिक […]
नेपाली जनताले सोचेअनुसारको सङ्घीयता देशमा चल्न सकेको छैन् : सांसद ढुंगाना
काठमाडौँ। नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपालको भूमि लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने चीन—भारतबिचको सम्झौता दुःखद भएको बताएका छन् । राष्ट्रियसभाको शुक्रवारको बैठकमा बोल्दै ढुंगानाले चीनका विदेशमन्त्री भारतमा गएर नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरामा व्यापार मार्ग खोल्ने सम्झौता गर्नु नेपाल र नेपाली जनताका लागि दुःखद भएको बताएका हुन् । उनले भने, ‘तत्कालीन नेपालका प्रधानमन्त्री सुशील […]
प्रधानमन्त्री ओलीविरुद्धको रिट पोखरेलको इजलासमा
काठमाडौँ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएपछि ‘प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको’ भन्दै काम चलाऊ घोषणाको माग गर्दै दायर रिटको सुनवाइ हुने भएको छ । जसपा नेपालले ३२ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धनमा रहेको दलले समर्थन फिर्ता लिए एक महिनाभित्र विश्वासको मत लिनुपर्ने […]
ब्राइट फ्युचर माध्यमिक विद्यालय र कलेजको १७ औं वार्षिक उत्सवको अवसरमा ‘ बृहत रक्तदान कार्यक्रम ’ सम्पन्न
निराज रानाभाट, ललितपुर – ब्राइट फ्युचर माध्यमिक विद्यालय र कलेजको १७ औं वार्षिक उत्सवको अवसरमा ‘ बृहत रक्तदान कार्यक्रम ’ सम्पन्न भएको छ । ललितपुरको ललितपुर महानगरपालिका -१५, सातदोबाटोमा रहेको उक्त कलेजले आज बिहान ०८:०० बजेदेखि १०:३० बजेसम्ममा रक्तदान कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । उक्त रक्तदान कार्यक्रममा शिक्षकशिक्षिका, […]
नेप्सेमा आज पनि गिरावट, कारोबार रकम कति ?
काठमाडौँ। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अङ्कको गिरावट आएको छ । बजार खुलेदेखि नै उतारचढावपूर्ण रहेको नेप्से अन्त्यमा ९.२२ अङ्क घटेर २७५७.९७ को बिन्दुमा बन्द भएको हो । परिसूचकसँगै आज कारोबार समेत करिब ५ अर्ब रुपैयाँमा सीमित भएको छ । दिनभरमा कुल ३१९ स्क्रिपका १ करोड ६८ लाख कित्ता सेयर […]
माइतीघरमा निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा
काठमाडौँ। निजी विद्यालयका संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेन लगायतले ५ बुँदे माग अघि सार्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दैछन् । विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रूप दिने तयारी भइरहेका बेला निजी विद्यालय सञ्चालकहरूले प्रदर्शन गरेका हुन् । कम्पनी ऐन अन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउने भन्ने व्यवस्था हटाउनुपर्ने, पूर्ण छात्रवृत्तिबाट पोशाक, स्टेसनरी, शैक्षिक सामग्री […]

