Flash Story
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
फेरि मञ्चन हुँदै नाटक ‘जिउँदो आकाश’
उचित मूल्य नपाएको भन्दै गोलभेँडा फ्याँकेर माइतीघरमा प्रदर्शन
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत

भारतमा पनि चीनसँग जस्तै अडान राख्छौं : अमृतबहादुर राई

Spread the love

काठमाडौँ। परराष्ट्र सचिव अमृतबहादुर राईले लिपुलेक–लिम्पियाधुराका सन्दर्भमा भारतसँग पनि चीनकोजस्तै अडान राख्ने बताएका छन्। चीनको पाँच दिने भ्रमणका सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सचिव राईले नेपालले आफ्ना प्राथमिकता र अडान भारतसँग पनि राख्ने बताएका हुन्।

चीन–भारतका बीचमा हालैमात्र नेपाली भूमि लिपुलेक भएर व्यापार सुरू गर्ने सहमति भएको थियो। त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अडान प्रस्तुत गर्दै उक्त सहमतिप्रति चिनियाँ राष्ट्रपति सि चिनफिङसँग आपत्ति जनाएका थिए।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सि जिनपिङसँग थियानजिनमा भेट गरी दुई पक्षीय सहयोग र प्राथमिकताका विषयहरूमा खुला र हार्दिकतापूर्ण छलफल गर्नुभयो। शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धन मैत्रीपूर्ण र गाढा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीज्यूले नेपालको विकासमा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद पनि व्यक्त गर्नुभयो,’ उनले भने, ‘नेपालको भूभाग लिपुलेक नाकामार्फत् सीमा व्यापार गर्ने सहमतिसम्बन्धी भारत र चीनबीच हालै भएको समझदारीप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीज्यूले लिपुलेकबाट व्यापार गर्न भएको समझदारी कार्यान्वयन नगर्न चिनियाँ राष्ट्रपति समक्ष अनुरोध गर्नुभयो।’

‘निश्चितै रूपमा, नेपालले जहिले पनि आफ्ना प्राथमिकताहरू, आफ्ना अडानहरू, सधैँ नै तयारीमै रहन्छ। परराष्ट्र मन्त्रालय जहिल्यै पनि तयारी अवस्थामै रहन्छ,’ उनले भनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top