Flash Story
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
यूएईको अबुधाबीमा ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको पशुपतिमा अन्तिम संस्कार
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा

गौर कारागारबाट भागेका ५२ कैदीबन्दी पक्राउ

Spread the love

काठमाडौँ। रौतहट कारागारबाट भागेका कैदीहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।

मंगलबार राति हुलहुज्जत गरेर गौर कारगारबाट भागेकामध्ये ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनस् कारागार पठाएको छ । कुल २९१ कैदिबन्दी रहेको गौर कारागारमा २४ जना बाहेक सबै कारागार तोडफोड गरी भागेका थिए ।

भागेका मध्ये ३५ जनालाई सुरक्षाकर्मीले रौतहटका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी विनोद खडकाले बताए । यसैगरी कारागारबाट भागेका १७ जना कैदीलाई भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा पक्राउ गरी रौतहट प्रशासनको जिम्मा लगाएको सीडीओ खड्काले बताए ।

भागेकामध्ये २ जना महिला र बाँकी पुरुष कैदी रहेका छन । फरार कैदीहरुलाई सम्पर्कमा आउन समेत सीडीओ खड्काले अपील गरेका छन् । ‘कारागारबाट फरार भएका कैदीहरुलाई आफ्नो गाँउठाँउमा देखे प्रहरीलाई तत्काल खबर गरीदिनुहुन हामीले अनुरोध गरेका छौं’, प्रमुख जिल्ला अधिकारी खड्काले भने, ‘कैद भुक्तान गर्न बाँकी रहेका कैदीहरुका कारण अपराधका घटना बढन सक्ने भएकोले समुदायका सबैले यसलाई नियन्त्रण गर्न हातेमालो गर्न आवश्यक छ ।’

सबै सुरक्षाका अंगहरुलाई परिचालन गरेर भागेकाहरुको खोजतलासको क्रम तीव्र बनाइएको सीडीओ खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top