Flash Story
जुवा (कौडा) खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार ३ सय नगद रकम सहित ७ जना मानिसहरू नियन्त्रणमा
संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक 
के नेपालमा गरिब भएर जन्मिनु अपराध हो? अस्पतालको ढोकामा रोइरहेका नेपालीको पीडा
मन्त्रिपरिषद्का निर्णय : विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस,
धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु
३ करोड ३८ लाखभन्दा बढी रकमको अनलाइन सट्टसबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जना मानिस नियन्त्रणमा
बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो
चोभार–ड्राइपोर्ट सडकमा जोखिमै जोखिम, खाल्डाखुल्डीले दुर्घटनाको त्रास
स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

जनजीवन सामान्य बनाउन भूमिका खेल्न मानव अधिकार आयोगको अपिल

Spread the love

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले जनजीवन सामान्य बनाउँदै नागरिक अधिकारको प्रत्याभूति गर्न सरोकारवालासँग अपिल गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले जेन जेड आन्दोलनपछि मुलुकमा विकसित परिस्थितिलाई ध्यान दिँदै जनजीवन सामान्य बनाउन भूमिका खेल्न तीनै तहका सरकारसहित सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।

जेन जेड आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्ति तथा राज्यका विभिन्न संरचनामा भएको क्षतिले शान्ति सुरक्षामा गम्भीर चुनौती खडा गरेको आयोगको ठहर छ ।

आयोगले अहिलेको परिस्थिति संवेदनशील रहेको उल्लेख गर्दै संयमित आचरण, सहकार्य र एकीकृत योगदानका लागि सबै सरोकारवालालाई अपिल गरेको छ ।

जेन जेड आन्दोलनका क्रममा भएको क्षति भएका प्रशासनिक तथा आवश्यक पूर्वाधारको पुनः संरचना एवं मर्मतसम्भारमा आवश्यक बजेट र स्रोत साधनको व्यवस्था गर्नुपर्ने आवश्यकता आयोगले औँल्याएको छ ।

‘विकसित परिस्थितिमा सार्वजनिक सुरक्षा, कानूनको शासन र दैनिक अत्यावश्यक सार्वजनिक सेवा प्रवाह, न्याय, स्वास्थ्य, शिक्षा, सुरक्षा, सञ्चार, प्रशासनिक सेवासमेत’ लाई प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने देखिन्छ,’ आयोगका सहसचिव एवं प्रवक्ता डा। टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top