Flash Story
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ
सुनकोशी नदीमा कार खस्यो
५ वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त काठमाडौंबाट पक्राउ
सरकार र लघुवित्त पीडितबीच पाँच बुदे सहमति, अनशनका कार्यक्रम फिर्ता

निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाउने तयारी

Spread the love

काठमान्डौँ। निर्वाचन आयोग आज बैठक बस्दैछ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आजको बैठकले मतदाता नामावली संकलन खुलाउने निर्णय हुनेछ ।

सरकारले बुधबार मतदाता नामावली खुलाउने उद्देश्यसहित अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशको कार्यान्वयन गर्दै आयोगले आज दिउँसो बैठक बसेर मतदाता नामावली संकलन सुरु गर्ने विषयमा औपचारिक निर्णय गर्नेछ ।

आयोगले तयारी अनुसार कातिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने र त्यसपछि अन्तिम नामावली सार्वजनिक गर्ने योजना बनाएको छ । आयोगले अनलाइन मार्फत पनि मतदाता नाम दर्ता गर्न सकिने व्यवस्था तयार पारेको छ ।

आयोगले कार्यविधि तयार पारेको छ, जसअनुसार नागरिकहरूले कहाँबाट, कहिले सम्म र कसरी मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् भन्ने स्पष्ट निर्देशिका दिइनेछ । आयोगले यस कार्यविधि पास गरेर छिट्टै कार्यान्वयनको तयारी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top