Flash Story
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा
किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु
थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

धादिङमा भएकाे जिल्ला स्तरीय बकृत्वकला प्रतियाेगितामा प्रथम सञ्जिवनी र दाेस्राेमा ईशा

Spread the love

धादिङ – धादिङबेशीमा सञ्चालन भएकाे जिल्ला  स्तरीय बकृत्वकला प्रतियाेगितामा सञ्जिवनी पाेखरेल प्रथम  र  ईशा थापाले दाेस्राे स्थान हासिल गर्न सफल भएका छन् ।

अन्तर्राष्ट्रिय धादिङ समाज धादिङले शुक्रबार आयोजना गरेको प्रतियोगितामा नीलकण्ठ -७ मा रहेकाे सुनाैलाे भैरवी मा वि मा अध्ययनरत छात्रा सञ्जिवनी पाेखरेल हुन भने नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत  छात्रा इशा थापा हुन  
त्यसै गरि गल्छी गाउँपालिकामा रहेकाे सक्सेस एकेडेमीका सुचना अधिकारी तृतिय स्थान,  त्रिपुरासुन्दरी गाउँपालिकाको सुन्दरी माध्यामिक विद्यालयकी छात्रा सन्ध्या विक चौथो र थाक्रे गाउँपालिकाको हरिहर भोजकुमारी माध्यामिक विद्यालयकी समृद्धि रुपाखेतीले पाँचौँ  स्थान हात पार्न सफल भएकी छिन् ।
प्रतियोगितामा सुनौलो भैरवीकी पोखरेल र नीलकण्ठ बालमन्दिरकी थापा दुबैजनाको अंक समान भएपछि आयोजकले गोला प्रथा प्रणाली बाट प्रथम,द्धितिय छुटाईएको थियो भने त्रिपुरासुन्दरीकी सन्ध्या र थाक्रेकी समृद्धिको पनि अंक बराबर भएपछि गोला प्रथा प्रणालीमार्फत नै निर्णय गरिएको थियो।
प्रथम, द्धितिय, तृतिय, चौथो र सान्त्वना विद्यार्थीहरुले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।
युवा पुस्ताको चाहना : असल नेतृत्व र इमान्दार राजनिति शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा धादिङका १३ वटै स्थानीय तहहरुबाट छनौट भएका ३२ जना विद्यार्थीहरुले वक्तृत्वकला प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गराएका  थिए । विविध कारण प्रतियाेगितामा २९ जना प्रतियाेगी मात्र सहभागी भएका थिए ।
प्रतियोगिताले विद्यार्थीहरुमा बाेल्ने क्षमता अभिवृद्धिका साथै आत्मविश्वास बढाएको समाजका अध्यक्ष राजन खकुरालले बताउए ।
कार्यक्रममा विभिन्न विधा तथा क्षेत्रका व्यक्तित्वहरूकाे सहभागीता रहेकाे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top