Flash Story
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा
किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु
थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

तिहारमा सहिदहरूको सम्झनाः राष्ट्रिय एकताको सन्देशसहित जेन जी 2.0 बाट सहिद सपना पूरा गर्ने प्रतिज्ञा

Spread the love

काठमाडौं – जेन जी 2.0 (सबै पुस्ताको सारथी) राष्ट्रिय अभियानले तिहारको अवसरमा “जेनजि सहिदहरूको सम्झनामा” शीर्षकमा विशेष श्रद्धाञ्जली कार्यक्रम काठमाडौंको माईतीघर मण्डलामा सम्पन्न गरेको छ।

कार्यक्रमको मुख्य उद्देश्य सहिदहरूको बलिदानलाई सम्मान गर्दै राष्ट्रिय एकताको सन्देश फैलाउने र सहिदहरूको सपना पूरा गर्ने प्रतिबद्धता जनाउनु रहेको थियो।

कार्यक्रममा GenZ 2.0 का प्रवक्ता अरविन राई, सदस्य–सचिव कुन्दन कुशवाहा, र कोर कमिटी सदस्यहरू विपिन दुलाल, हेम खड्का, गौरव देवकोटा लगायतका वक्ताहरूले सहिदहरूको आदर्श र बलिदानलाई राष्ट्रनिर्माण र आत्मनिर्भर अर्थतन्त्रसँग जोड्नुपर्नेमा जोड दिएका थिए।

अरविन राईले भने, “सहिदहरूले चाहेको नेपाल — एकताबद्ध, आत्मनिर्भर र न्यायपूर्ण — बनाउनु नै हाम्रो पुस्ताको जिम्मेवारी हो।”

कुन्दन कुशवाहाले जोड दिए, “यो कार्यक्रम केवल सम्झना होइन, सहिदहरूको सपना साकार पार्ने राष्ट्रिय एकताको अभियान हो।”

त्यसैगरी विपिन दुलाल, हेम खड्का र गौरव देवकोटाले पनि सहिदहरूको आशा र वरदानलाई जोगाउने अठोट व्यक्त गरे।

“सहिदहरूको सपना टुट्न नदिने हाम्रो पुस्ताको प्रतिज्ञा हो,” उनीहरूले संयुक्तरूपमा भने।

कार्यक्रममा दीप प्रज्वलन, मौन धारण र राष्ट्रिय गीतसहित सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो।

यसअघि GenZ 2.0 ले देशभक्तिपूर्ण र सृजनात्मक अभियानहरूका माध्यमबाट निरन्तर सकारात्मक कार्य गर्दै आएको छ —

तीनकुने चोकलाई “GenZ चोक” नामाकरण गरी देशभक्त युवाको योगदानलाई सम्मान,

“नेपाल सबैका लागि खुला छ” भन्दै पर्यटन प्रवर्द्धन सन्देश,

“नेपालले तपाईंलाई पर्खिरहेको छ — तपाईंको आवश्यकता छ” भन्दै विदेश जाने युवालाई प्रतिकात्मक विदाइ,

र “बन्द उद्योग पुनःसञ्चालन पहल” मार्फत रोजगारी र आत्मनिर्भर उत्पादनतर्फ ऐतिहासिक कदम।

यी सबै पहलहरूलाई निरन्तरता दिँदै GenZ 2.0 ले राष्ट्रिय एकता, आत्मनिर्भरता र सहिदको सपना साकार पार्ने अभियानलाई अगाडि बढाउने प्रतिज्ञा गरेको छ।

डा. हरि कार्की,
संरक्षक एवं परिकल्पनाकार, GenZ 2.0
“सहिदहरूको बलिदान र नयाँ पुस्ताको चेतना मिलेर मात्रै नेपाल आत्मनिर्भर र एकताबद्ध राष्ट्र बन्न सक्छ।
GenZ 2.0 ले सहिदको सपना पूरा गर्ने यात्रालाई अब राष्ट्रिय अभियानका रूपमा अघि बढाएको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top