Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्यो संघर्षका कार्यक्रम सार्वजनिक

Spread the love

काठमाडौं – वर्तमान राजनीतिक समस्या समाधान गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रिय स्वधिन संयुक्त सरकारको माग गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी आजदेखि पुष ११ गतेसम्मका लागि संघर्षका कार्यक्रमहरु सार्वजनिकसमेत गरेको छ ।

पार्टीका महासचिव सिपी गजुरेल‘गौरव’ले विगतका सरकारका भ्रष्टाचार, कुशासन र तत्कालिन प्रधानमन्त्री केपी ओलीको तानाशीताको कारण जेन्जी बिद्रोह भएको बताएका छन् । गजुरेलले जेन्जी बिद्रोहका क्रममा ७६ जनाको ज्यान तथा ९५ खर्ब भन्दा बढीको सम्पत्ति ध्वस्त भएको र त्यसबाट बनेको सरकार पनि गैरजिम्मेवार बनेको बताउँदै भने,“ओलीको पागलपनले ठूलो जन–धनको क्षति भयो तर, वर्तमान सरकार पनि खासै फरक भएन ।”

“यत्रो ठूलो बिद्रोहबाट बनेको सरकारबाट पनि देशले निकास पाउने नदेखिएकाले अब राष्ट्रिय स्वाधीन संयुक्त सरकार गठन गरेर देशलाई अक्रमन्यताबाट मुक्त गर्नुको विकल्प छैन,” गजुरेलले थपे ।

पार्टीका स्थायी समिति सदस्य हेमनत प्रकाश ओली‘शुदर्शन’ले वर्तमान दलला पुँजीवादी व्यवस्था रहेसम्म राष्ट्रिय स्वाधिनता र समृद्धीको परिकल्पना गर्न सम्भव नभएको बताए । ओलीले पछिल्लो समयमा देश थप संकटमा अभिमुख भएको र त्यसको निकासका लागि आफूहरुले जनदबाबका कार्यक्रम गरेको जानकारी गराए ।

स्थायी समिति सदस्य हरिभक्त कँडेलले जेन्जीको बलबाट बनेको सरकारले उनिहरुलाई छानिछानी कारबाही गर्नुको सट्टा भ्रष्टाचारीहरुलाई जेल हाल्नुपर्ने नभए आफूहरुले सडकबाट कारबाही गर्ने चेतावनी दिए ।

संघर्षका कार्यक्रमः
१) २०८२ कार्तिक २८ गते गाउँ तथा नगरपालिका केन्द्रीत जनसभा गर्ने ।
२) मंसिर १ गते देशव्यापी पर्चा वितरण गर्ने ।
३) मंसिर ७ गते महेन्दनगर, धनगढी, सुर्खेत, घोराही, बुटवाल, बग्लुङ बजार, पोखरा, भरतपुर, विदुर, काठमाडौं, धुलिखेल, बिरगञ्ज, धनुषा, गाईघाट, धरान, र विराटनगरमा जनसभा गर्ने ।
४) मंसिर महिनाभरी भ्रष्टाचारी र दलालहरुको भण्डफोर गर्ने ।
५) पौष ११ गते माओ दिवसका अवसरमा केन्द्रीय जनसभा गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top