Flash Story
जुवा (कौडा) खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार ३ सय नगद रकम सहित ७ जना मानिसहरू नियन्त्रणमा
संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक 
के नेपालमा गरिब भएर जन्मिनु अपराध हो? अस्पतालको ढोकामा रोइरहेका नेपालीको पीडा
मन्त्रिपरिषद्का निर्णय : विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस,
धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु
३ करोड ३८ लाखभन्दा बढी रकमको अनलाइन सट्टसबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जना मानिस नियन्त्रणमा
बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो
चोभार–ड्राइपोर्ट सडकमा जोखिमै जोखिम, खाल्डाखुल्डीले दुर्घटनाको त्रास
स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

विश्व स्वतन्त्रता दिवसमा स्वतन्त्र नागरिकहरुको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

Spread the love

विश्व स्वतन्त्रता दिवसको अवसरमा आयोजित स्वतन्त्र नागरिकहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा GenZ 2.0 का प्रवक्ता अबिन लिम्बूले भदौ २३ गतेका हत्याराहरुलाई पक्राउ गर्न आवश्यक परे संगठन सहयोग गर्न तयार रहेको बताएका छन्। उनले भने, “२३ गते नआइकन २४ गते आउँदैन। GenZ हरुबीच एकता गर्नुपर्छ, किनभने एकता नै विकल्प हो।”

उनले थपे, “यो देशलाई निकास दिने सबै विकल्प हाम्रो पुस्तासँग छन्। हामी समाधान खोज्ने पुस्ता हौं, समस्याबाट भाग्ने होइन।”

कार्यक्रममा GenZ युनाइटेड परिवर्तनकी ज्योती फुर्केलीले देशलाई निकास दिन अब चुनावमा जानुको विकल्प नरहेको बताइन्। उनले भनिन्, “निर्वाचनले मात्र देशलाई स्थिरता र समाधान दिन सक्छ। जनताको जनादेश नै अन्तिम बाटो हो।”

त्यसैगरी, GenZ 2.0 का सदस्य सचिव कुन्दन कुसवाहाले GenZ आन्दोलनको मर्म र भावना विपरीत चुनाव गर्न नहुने चेतावनी दिए। उनका अनुसार, “GenZ आन्दोलन निर्वाचनको लागि थिएन होइन, प्रणाली र सोच परिवर्तनको आन्दोलन हो।”

एनटेक GenZ का सुनिल सिंहले भने, “कर्णाली र सुदूरपश्चिममा कसरी चुनाव गराउँछन्, हामी हेर्छौं। युवाले अब देश बेच्ने राजनीति सहने छैन।”

कार्यक्रममा सहभागी वक्ताहरूले नयाँ पुस्ताबीचको एकता र साझा दृष्टिकोणबाट मात्रै देशले निकास पाउने निष्कर्ष निकाले। सम्मेलनमा युवाहरूले ‘एकता, जिम्मेवारी र परिवर्तन’ लाई अभियानको मुख्य दिशा बनाउने प्रतिबद्धता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top