Flash Story
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
यूएईको अबुधाबीमा ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको पशुपतिमा अन्तिम संस्कार
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा

जेन्जी एकता अभियानले प्रधानमन्त्रीलाई भन्यो–औचित्य समाप्त भयो राजिनामा दिनुस्

Spread the love


काठमाडौं – ७ वटा जेन्जी समूहले एकता घोषणा गर्दै आफू र जनताकोे भावना अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री शुसिला कार्कीको राजीनामा मागेका छन् । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई उनिहरुले संघर्ष गर्ने अन्तिम चेतावनीसमेत दिएका छन्।

एकतापछि बनेको ‘जेन्जी एकता अभियान नेपाल’की संयोजक सुप्रीया नेपालीले सरकारले भदौ २३ र २४ गतेको आन्दोलनमा सम्लग्न भएको नाममा जेन्जीहरुलाई छानीछानी पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरिन् । संयोजक नेपालीले आफूहरुको मर्म अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री कार्कीको राजिनामासमेत मागेकी छन् ।


पूर्व प्रहरी माहानिरिक्षक(आइजीपी) सर्बेन्द्र खनालले जेन्जीको बलबाटै बनेको सरकारले उनिहरुलाई नै आतंकित बनाउन थालेको भन्दै आक्रोश व्यक्त गरे । खनालले विद्रोहले नेपालका भ्रष्ट र दलालहरुलाई सच्चिन चेतावनी दिएको तर त्यस्तो नदेखिएको बताउँदै भने,“अहिलेको सरकार र ओली सरकारबीच कुनै फरक भएन, यसले गोलि हान्न आदेश दिने ओली र उहाँको सरकारका जिम्मेवारलाई पक्रेर अनुसन्धान गर्नुपर्छ ।”

जेन्जी एकता अभियान नेपालका प्रवक्ता विरजन विश्वकर्माले वर्तमान सरकारले विभिन्नि समूहमा विभक्त जेन्जीहरुलाई एकता गरेर आफूहरुले सरकारलाई खबरदारी गर्ने जानकारी गराए । प्रवक्ता विश्वकर्माले एकता भएका जेन्जी परिषद, जेन्जी २.०, जेन्जी पिपुल, रियल जेन्जी मुभमेन्ट नेपाल, जेन्जी नेपाल, एनटेक–जेड, र अछाम जेन्जी गु्रप गरेर ७ वटा समूहबीच एकता भएको जानकारी दिए ।
सल्लाहकार मेगराज खत्रीले देशको विषम परिस्थितिलाई मध्यनजर गरेर सबै जेन्जी एकठाउमा आउने अभियान चालएकोप्रति खुसि व्यक्त गरे । वर्तमान सरकारमा पनि विगतमा जस्तै देशीविदेशी शक्तिले खेल्न थालेकोप्रति चानखो हुनसमेत जेन्जीलाई सुझाव दिए ।

जेन्जी कुन्दन कुशवाहले पछिल्लो समयमा सरकारले परिवर्तनकारीहरुमाथि नै डण्डा वर्षाउन लागेको भन्दै सबै एक ठाउँमा आएर संघर्ष गर्नुपर्ने धारणा राखे ।
जेन्जी मिनबहादुर खड्काले विभिन्न समूहमा विभक्त भएका जेन्जीहरु एक ठाउँमा आएर कुशासन र भ्रष्टाचारविरुद्ध लड्नु पर्ने धारणा राखे । खड्काले वर्तमान अन्तरिम सरकारले आफूहरुका माग पूरा गर्न नसकेको भन्दै सरकारको औचित्य समाप्त भइसकेकाले प्रधानमन्त्रीको राजिनामा मागे ।
जेन्जी रविकिरण हामालले वर्तमान सरकारले जेन्जीका मर्म र भावना अनुसार काम नगरेको भन्दै शुसिला कार्कीले राजीनामा दिनुपर्ने बताए ।

सल्लाहकार राजन घिमिरे, विवि पराजुली(बद्री), गणेश भट्टराई, डा.लक्ष्मि ओली, शुसिला खत्री र माधव ठकुरीले सबै जेन्जी एकमत हुँदै संघर्षमा उत्रन सुझाव दिए ।
एकता कार्यक्रममा प्रकाश रावाल, शुसिल भणडरी, कृपा काफ्ले, हेमराज न्यौपाने, शिशिर महरा, रामचन्द्र जोसी, सुरेन्द्र घर्ति, शुसिल सिंह, जीवन सोडारी र विनोद शोडारीले सबै जेन्जीहरु एकतामा आएर माग पूरा गर्न दबाब दिनुपर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top