काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू-उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । मंगलबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले भूमि सुधारका कार्यक्रम लागू भएपनि अझै पनि केहि समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न भू-उपयोग नियमावली संशोधन गर्ने निर्णयमा हस्ताक्षर गरे । कित्ताकाट रोकिएका कारणले विकाससम्बन्धी विषयमा कठिन […]
निजी क्षेत्रलाई उठाउन ‘रिफाइनान्सिङ’को व्यवस्था चाहिन्छ : दीपक मल्होत्रा
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनको कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनु पर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘अर्थतन्त्रको पुनरोत्थानको आगामी बाटो’ कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थाबाट उद्योगीलाई उठाउनको रिफाइनान्सिङ आवश्यक रहेको बताएका हुन् । अहिलेको समस्या भूकम्प तथा कोभिड–१९ को भन्दा फरक […]
सुनको भाउमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। सुनको भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको हो । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज ३ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख […]
जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो : पाण्डे
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरू ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ५ प्रतिशत नोक्सान भएको जानकारी […]
जेनजी प्रदर्शन : २२ अर्ब २५ करोड बराबरको बिमा दाबी
काठमाडौँ। जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार ३४३ वटा दाबीको आवेदन […]
आजदेखि कक्षा १२ को पूरक परीक्षा सुरु हुँदै
काठमाडौँ। कक्षा १२ को मौका (पूरक) परीक्षाको आजदेखि सुरु हुँदै छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा सरेको थियो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज र भोलि (बुधबार) दुई दिन सञ्चालन गर्न लागिएको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजी (००४१), एक […]
सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरका सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।
सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था गरिने : उद्योगमन्त्री सिन्हा
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था गरिने निर्णय गरेका छन् । उनले सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् । साथै सरकारी निकामा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने निर्णय गरेका छन् । यसैगरी अत्यावश्यक बाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन […]
विज्ञहरूसँग सुझाव लिएर अघि बढ्छु : शिक्षामन्त्री पुन
काठमाडौँ। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूसँग सुझाव लिएर अघि बढ्ने बताएका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले अपर्झट मन्त्री भएकाले अहिले नै धेरै नबोल्ने बताए । ‘म शिवजी अथवा भगवान भएदिएको भए त्रिनेत्र लगाएर यसो यसो गर्छु भन्ने थिएँ, अब अपर्झट यहाँ आएर […]
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौँ। नवनियुक्त मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बिच चार जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ लिने मन्त्रीहरुमा महावीर पुन, अनिल सिन्हा, मदन परियार र जगदीश खरेल रहेका छन् । सिन्हाले कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र […]

