Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

धादिङ क्षेत्र नं. १ मा कृष्ण रिजाललाई नेपाली कांग्रेसको टिकट

Spread the love


धादिङ — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्ष तर्फ धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ मा नेपाली कांग्रेसले युवा नेता कृष्ण रिजाललाई उम्मेदवारका रूपमा अघि सारेको छ।
नेपाली कांग्रेसका प्रष्ट वक्ता तथा स्पष्ट कार्ययोजनाका साथ राजनीतिमा सक्रिय कृष्ण रिजाल नेपाल तरुण दलका केन्द्रीय सदस्य, पूर्व क्षेत्रीय सभापति एवं महासमिति सदस्यसमेत हुन्। लामो समयदेखि पार्टी संगठन सुदृढीकरण र जनसरोकारका मुद्दामा सक्रिय रहँदै आएका रिजाललाई पार्टीले सर्वसम्मत विश्वासका साथ टिकट प्रदान गरेको बताइएको छ।
पार्टीको निर्णयप्रति स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा धादिङ क्षेत्र नं. १ का मतदाताले रुख चिन्हमा मतदान गरी रिजाललाई विजयी गराउने विश्वास व्यक्त गरेका छन्।

निर्वाचन नजिकिँदै जाँदा धादिङ क्षेत्र नं. १ मा चुनावी माहोल तातेको छ भने राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top