Flash Story
जुवा (कौडा) खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार ३ सय नगद रकम सहित ७ जना मानिसहरू नियन्त्रणमा
संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक 
के नेपालमा गरिब भएर जन्मिनु अपराध हो? अस्पतालको ढोकामा रोइरहेका नेपालीको पीडा
मन्त्रिपरिषद्का निर्णय : विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस,
धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु
३ करोड ३८ लाखभन्दा बढी रकमको अनलाइन सट्टसबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जना मानिस नियन्त्रणमा
बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो
चोभार–ड्राइपोर्ट सडकमा जोखिमै जोखिम, खाल्डाखुल्डीले दुर्घटनाको त्रास
स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

रोशा श्रेष्ठ : सामाजिक सेवा, सुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर सक्रियता

Spread the love

काठमाडौं — सामाजिक अभियन्ता तथा स्वास्थ्य तथा उद्यमशीलता क्षेत्रमा सक्रिय रोशा श्रेष्ठ सामाजिक सेवा, सुशासन तथा भ्रष्टाचारविरुद्ध निरन्तर सक्रिय रहँदै आएकी छिन्।
श्रेष्ठले लामो समयदेखि विभिन्न भ्रष्टाचारका मुद्दामा सशक्त रूपमा आवाज उठाउँदै आइरहेकी छिन्। विशेषगरी वाइडबडी विमान खरिद प्रकरणदेखि सार्वजनिक सरोकारसँग जोडिएका विभिन्न अनियमितता, दुरुपयोग तथा अन्यायपूर्ण घटनाविरुद्ध उनले स्पष्ट अडानसहित आफ्नो धारणा सार्वजनिक गर्दै आएकी छिन्।
सुशासन, पारदर्शिता र जवाफदेहिताका विषयलाई प्राथमिकतामा राख्दै श्रेष्ठले सामाजिक तथा सार्वजनिक मुद्दामा जनचेतना अभिवृद्धि गर्ने कार्यमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएकी छिन्। भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलामा सरकारविरुद्ध आवाज उठाउने क्रममा उनी पक्राउ परेर जेलसमेत परेकी थिइन्।
हाल उनी स्वास्थ्य, सामाजिक सेवा तथा सुशासनसँग सम्बन्धित विभिन्न क्षेत्रमा सक्रिय छिन्। विशेषगरी भ्रष्टाचारविरुद्धको अभियानलाई उनले आफ्नो सामाजिक भूमिकाको महत्वपूर्ण हिस्साका रूपमा निरन्तर अघि बढाउँदै आएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top