Flash Story

रोशा श्रेष्ठ : सामाजिक सेवा, सुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर सक्रियता

Spread the love

काठमाडौं — सामाजिक अभियन्ता तथा स्वास्थ्य तथा उद्यमशीलता क्षेत्रमा सक्रिय रोशा श्रेष्ठ सामाजिक सेवा, सुशासन तथा भ्रष्टाचारविरुद्ध निरन्तर सक्रिय रहँदै आएकी छिन्।
श्रेष्ठले लामो समयदेखि विभिन्न भ्रष्टाचारका मुद्दामा सशक्त रूपमा आवाज उठाउँदै आइरहेकी छिन्। विशेषगरी वाइडबडी विमान खरिद प्रकरणदेखि सार्वजनिक सरोकारसँग जोडिएका विभिन्न अनियमितता, दुरुपयोग तथा अन्यायपूर्ण घटनाविरुद्ध उनले स्पष्ट अडानसहित आफ्नो धारणा सार्वजनिक गर्दै आएकी छिन्।
सुशासन, पारदर्शिता र जवाफदेहिताका विषयलाई प्राथमिकतामा राख्दै श्रेष्ठले सामाजिक तथा सार्वजनिक मुद्दामा जनचेतना अभिवृद्धि गर्ने कार्यमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएकी छिन्। भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलामा सरकारविरुद्ध आवाज उठाउने क्रममा उनी पक्राउ परेर जेलसमेत परेकी थिइन्।
हाल उनी स्वास्थ्य, सामाजिक सेवा तथा सुशासनसँग सम्बन्धित विभिन्न क्षेत्रमा सक्रिय छिन्। विशेषगरी भ्रष्टाचारविरुद्धको अभियानलाई उनले आफ्नो सामाजिक भूमिकाको महत्वपूर्ण हिस्साका रूपमा निरन्तर अघि बढाउँदै आएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top