Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

दलित जेन–जेड एलायन्सले जातीय छुवाछुत अन्त्यका लागि सात बुँदे सुधार प्रस्ताव सार्वजनिक गर्यो

Spread the love

काठमाडौं — दलित जेन–जेड एलायन्सले जातीय छुवाछुतको अन्त्य तथा समतामूलक समाज निर्माणका लागि सरकारसमक्ष विभिन्न संवैधानिक, कानुनी र नीतिगत सुधारका प्रस्ताव सार्वजनिक गरेको छ।
एलायन्सले जातीय विभेद तथा छुवाछुतविरुद्ध प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय स्थापना, दलित विकास प्राधिकरण गठन, छुवाछुतसम्बन्धी मुद्दा छिटो टुंग्याउन फास्ट ट्र्याक न्याय प्रणाली लागू गर्नुपर्ने माग गरेको छ। साथै, राष्ट्रिय दलित आयोगसहित विभिन्न संवैधानिक आयोगलाई कारबाही गर्नसक्ने अधिकारसहित विस्तार गर्नुपर्ने धारणा राखेको छ।

संगठनले राजनीतिक प्रतिनिधित्व, भूमि तथा आर्थिक न्याय, शिक्षा र रोजगारीमा विशेष अधिकार, अन्तरजातीय विवाह गर्ने दम्पतीको सुरक्षा, सामाजिक संरक्षण तथा न्यायपालिकासहित राज्यका सबै निकायमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग अघि सारेको छ।
प्रस्तावमा भूमिहीन दलितलाई भूमि अधिकारको सुनिश्चितता, विद्यालयदेखि उच्च शिक्षासम्म निःशुल्क तथा गुणस्तरीय शिक्षाको व्यवस्था, सरकारी तथा निजी क्षेत्रमा समावेशी आरक्षणको प्रभावकारी कार्यान्वयन र जातीय हिंसाबाट प्रभावित परिवारका लागि पुनःस्थापना कोष स्थापना गर्नुपर्ने उल्लेख छ।


त्यसैगरी, संविधानमा उल्लेखित दलित अधिकार पाँच वर्षभित्र कार्यान्वयन गर्न राज्य बाध्य हुने व्यवस्था गर्नुपर्ने र कानुन नबनेको बहानामा अधिकार कार्यान्वयन रोक्न नपाइने व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ।
एलायन्सले राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारू आयोग तथा मुस्लिम आयोगलाई समेत प्रभावकारी कारबाहीको अधिकार प्रदान गर्नुपर्ने सुझाव दिएको छ।
“न्यायपूर्ण समाज हाम्रो चाहना” भन्ने नारासहित सार्वजनिक गरिएको प्रस्तावले जातीय विभेदमुक्त र समावेशी समाज निर्माणका लागि राज्यले ठोस कदम चाल्नुपर्नेमा जोड दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top