Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

आयुष्मा कार्की र सुधिर श्रेष्ठको अभिनय रहेको ‘मन खान्छ कटक्कै’ गीतको म्युजिक भिडियो सार्वजनिक

Spread the love

काठमाडौं – सविन कुमार तोलाङगीको निर्देशनमा नयाँ लोक दोहोरी गीत ‘मन खान्छ कटक्कै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक राजन श्रेष्ठ र गायिका शान्ती श्री परियारको स्वर रहेको छ । उक्त गीतको शब्द चन्द्रकला प्रसाई (रचना) ले सिर्जना गरेकी छिन्, भने संगीत रिमेश थापाको रहेको छ । प्रेम र आकर्षणको भावनालाई केन्द्रमा राखेर तयार पारिएको भिडियोमा मोडल आयुष्मा कार्की र सुधिर श्रेष्ठको मुख्य अभिनय रहेको छ ।

त्यसैगरी, उक्त भिडियोको छायांकन सन्तोष सुनारले गरेका छन्, भने मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् । अकौस्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ एसबी मुस्कानले गरेका हुन् । गीतको एरेन्ज साहस साक्यले गरेका छन्, भने नृत्य निर्देशन केशवराज भट्टले गरेका छन् र मेकअप सरिता प्रजापतिको रहेको छ ।

यस्तै, छहारी मल्टिमिडिया प्रा.लि. को प्रस्तुति रहेको उक्त भिडियोको छायांकन भक्तपुरको रमणीय क्षेत्र गुण्डुमा गरिएको थियो । उक्त गीतको भिडियोको मिडिया संयोजकमा निराज रानाभाट रहेका छन् । निर्देशक तोलांगीले नेपाली लोक दोहोरी क्षेत्रमा फरक शैली र प्रस्तुतिका साथ काम गर्दै आएका छन् । उक्त गीतको भिडियोको साझा अनलाइन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो ;
https://youtu.be/43eIbNYuG4s?si=Z1-IQ6HcWobAtBSS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top