Flash Story
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिद्वारा काठमाडौंमा सामूहिक विरोध
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
हामीलाई बाँच्न देऊ’ : गोर्खा जिल्ला समितिद्वारा पाँचबुँदे माग सार्वजनिक
‘एउटा सडक प्रयोग गर्दा पूरा शुल्क असुल्नु न्यायोचित होइन’ : वडा अध्यक्ष खतिवडा
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू (सूची)
व्यवसायी शंकर अग्रवाल पक्राउ
लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिले साउन १२ देखि माइतीघरमा कडा आन्दोलन गर्ने
कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

Spread the love


काठमाडौं । चितवन टाडी माइती भएकी ३९ वर्षिय दिया क्षेत्रीले आफ्नै श्रीमानबाट असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेकी छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी क्षेत्रीले श्रीमान परस्त्रीसँग लागेर ६ महिना अगडि सुन र गरगहना लगेर फरार रहेको बताइन् ।

सुनसरी जिल्ला चक्रघटी गाउँपालिका ८ स्थायी घर भएका माधव क्षेत्री अर्को महिलासँग लागेर फरार भएपछि चितवनको खैरेनी प्रहरी चौकीमा फागुनमा उजुरी दिएको जानकारी दिएकी छन् ।
लामो समयदेखि आफूलाई शारीरिक तथा मानसिक यातना दिदै आएको बताउँदै भनिन्,“तैले बढी गरिस भने ‘मारेर तेरो मासु कुकुरलाई खुवाउँछु’ भनेर धम्की दिएका छन्, उसलाई पक्रेर कारवाही नभए मेरो ज्यानमाथि खतरा छ ।”

अभियान्ता सोभा पाठकले पीडक माधव क्षेत्रीलाई तत्काल पक्रेर कानुनी कारवाही र पीडतको ज्यानको सुरक्षाको लागि राज्यसँग माग गरेकी छन् । पाठकले भरखरै मात्रै पुनर्बहाली भएका गृहमन्त्री सुदन गुरुङ पीडितको आशाको किरण भएको जिकिर गर्दै दियालाई पनि न्याय दिनेमा पूर्ण आशावादी रहेको बताईन् ।

पीडित क्षेत्रीको बहिनी कृष्णमाया दराईले पीडक माधव क्षेत्रीबाट दिदीलाई निरन्तरको शारीरिक तथा मानसिक यातनाले उच्च रक्तचापको समस्या आएको बताइन् ।
पीडकबाट निरन्तर धम्की आइरहेकोले उनलाई ज्युज्यानको सुरक्षा तथा न्यायको माग गरेकी छन् ।

पत्रकार पवित्रा लामाले दिया जस्तै हजारौं महिलाहरु आफ्नै घरपरिवार तथा अपरिचित पुरुषहरुबाट पीडित भइरहेकाले राज्यले कडा कानुन बनाउन माग गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top