Flash Story
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ
सुनकोशी नदीमा कार खस्यो
५ वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त काठमाडौंबाट पक्राउ
सरकार र लघुवित्त पीडितबीच पाँच बुदे सहमति, अनशनका कार्यक्रम फिर्ता

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिद्वारा काठमाडौंमा सामूहिक विरोध

Spread the love

काठमाडौं- लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिको आयोजनामा लघुवित्त पीडितहरूले काठमाडौंमा सामूहिक विरोध तथा धर्ना कार्यक्रम गरेका छन्।
संघर्ष समितिले लघुवित्त तथा वित्तीय शोषणका कारण हजारौं सर्वसाधारण आर्थिक, सामाजिक तथा मानसिक रूपमा पीडित बनेको भन्दै सरकारसँग तत्काल न्यायको माग गरेको छ।


प्रदर्शनका क्रममा पीडितहरूले सम्मानित सर्वोच्च अदालतको परमादेश पूर्ण रूपमा कार्यान्वयन गर्न, विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्न, आम गरिब, मजदुर, सुकुम्बासी र किसानलाई ब्याज छुटसहित सहज ऋणको व्यवस्था गर्न, आवश्यकता र क्षमताका आधारमा वित्तीय पहुँच सुनिश्चित गर्न तथा निजी बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन्।


समितिका अनुसार सरकारसँग पटक–पटक वार्ता र ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएकाले दबाबमूलक आन्दोलन गर्न बाध्य भएको हो। संघर्ष समितिले लघुवित्त तथा वित्तीय शोषणबाट पीडित नागरिकलाई न्याय दिलाउन सरकार गम्भीर बन्नुपर्ने र आफ्ना माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top