काठमाडौं । रुकुमपश्चिकोमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–४ खुम्चेरीको भित्री सडकखण्डमा लु.प्र-१-००१त ७८७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा सल्यानको दार्मा गाउँपालिका-५ का २८ वर्षीय बुद्धिमान खड्का रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।

