Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

पशुपतिमा शवको हड्डी खरिद गरेको आरोपमा दुईजना पक्राउ

Spread the love

काठमाडौं । पशुपति आर्यघाटबाट जलाउँदै गरेको शवको हड्डी खरिद गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीका ४१ वर्षीय मिश्रीलाल यादव छन् ।

साउन २३ गते काभ्रेका राम शाहीको शवबाट हड्डी बिक्री गरेको आरोप लागेपछि प्रहरीले शव जलाउने काभ्रेकै गणेशप्रसाद ढकाल र विनायक मैनालीलाई पक्राउ गरेको थियो ।

ठाकुर र यादवलाई कपन र गोसीघाटबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी अपिल बोहराले जानकारी दिए । पक्राउ परेका ठाकुरको साथबाट हड्डीको धुलो र खरानी बरामद गरिएको छ ।

पक्राउ परेका चारैजनाविरुद्ध गौशाला प्रहरीले अभद्र तथा अर्काको धार्मिक आस्थामा असर गर्न नहुने कसुरमा मुद्दा चलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top