Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

चक्रे मिलन एक लाख १० हजार धरौटीमा छुटे

Spread the love

काठमाडौं । चक्रे मिलन भनिने मिलन गुरुङ एक लाख १० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो । शुक्रबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनीमाथि ०८१ भदौमा मनिष रायमाझीलाई कुटपिट गरी घाइते अवस्थामा छाडेर भागेको अभियोग लागेको थियो । त्यतिबेला नै उनीविरुद्ध मुद्दा परे पनि उनको ठेगाना नखुलेकाले मुद्दा तामेलीमा राखिएको थियो ।

केही दिनअघि जन्मदिन मनाउने क्रममा हुलहुज्जत गरेपछि पक्राउ परेका गुरुङविरुद्ध पूरक अभियोग दर्ता गरिएको थियो । उनको बयान र थुनछेक बहसपछि न्यायाधीश न्यौपानेको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

गुरुङले भने आफूले मनिषलाई नचिनेको र नचिनेको व्यक्तिलाई आक्रमण गर्ने सम्भावना नहुने बयान दिएका थिए ।

यता, मनिषले भने आफूमाथि अन्धाधुन्द आक्रमण गरी घाइते बनाएको अभियोग लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top