Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

धादिङमा जनप्रतिनिधिद्वारा दलित युवा माथि जातीय विभेद र कुटपिट

Spread the love

धादिङ – नीलकण्ठ नगरपालिका–१०,धादिङकाे ढोडेनी ज्यामरुङमा दलित समुदायका युवकमाथि एक
जन -प्रतिनिधिद्वारा जातीय विभेद र कुटपिट गरिएको घटना सार्वजनिक भएको छ।


नीलकण्ठ–१० ढोडेनिज्यामरुङका २६ वर्षीय रामबहादुर विसुन्के माथि साेहि वडाका वडा सदस्य समेत रहेका हिम प्रसाद पाठकले जातीय भेदभाव गर्दै कुटपिट गरेकाे कुरा  जाहेरीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरि दिँदै आफूले भोट हालेर जिताएको स्थानीय निर्वाचित जनप्रतिनिधि समेत रहेका पाठकले जातीय विभेद, अपशब्दका साथ गालीगलाेज र कुटपिट समेत गरेकाे घटना जाहेरिमा उल्लेख गरेका छन्।


विसुन्केले दिएको जाहेरीअनुसार २०८२ साल साउन १९ गते दिउँसो करिब १२:३० बजे खेतमा रोपाइँ गर्दै गर्दा पानी प्रयोग गर्ने विषयमा विवाद भएको थियो। सोही क्रममा पाठकले ‘ओइ सार्की, चमारे’सिनो खाने जात काले साला खाते भन्दै जातीय अपशब्द प्रयोग गरी पाइप खोसेर फ्याँक्नुका साथै उनलाई लछारपछार गरी प्राणघातक धम्की दिएको र रिसले चुर भै पाठक घरमा पुगी धारिलो हतियार खुडा बोकेर आइ मार्छु आज भनी झम्टिदै आउदा पाठककाे जीवन सङ्गिनीले हतियार खाेस्न खाेज्दा पाठकले खुडा हुर्याएको त्यसपछि श्रीमतिले खुडा लुकाउदै घरलगेको भिडियो समेत प्रहरी कार्यालयलाई पिडितले बुझाएका छन।
घटनापछि विसुन्के भागेर जिल्ला प्रहरी कार्यालय धादिङ आइ ठाडो निवेदन दर्ता गराएको र प्रहरिले पाठकलाई फोन गरि बोलाउदा मेरो केही काम छैन र म त्यहा आउनलाई भनी जबाफ दिए पछि पिडितले जाहेरी लेख्न पुगेका थिए। उनले जाहेरीमार्फत “जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८” विपरीत कार्य भएको भन्दै कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।


आरोपित हिमप्रसाद पाठक अन्दाजि ४५–४६ वर्ष उमेरका, गहुँगोरो र करिब ६ फिट अग्ला, नीलकण्ठ–१० ढोडिनी निवासी र वडाका जनप्रतिनिधि भएको जाहेरीमा उल्लेख छ।
प्रहरीले उक्त जाहेरी बुझी सत्यतथ्य छानबिन गर्ने र सत्यको जित सुनिश्चित गर्ने न्यायको रक्षा गर्दै  महिला ,दलित,बालबालिकाको केसमा प्रहरी र कानुन निर्मम रहने भन्दै दोषि देखिएमा पद, पावर र अनुहार नहेर्ने प्रतिबद्धता व्यक्त गर्दै  आवश्यक अनुसन्धान थालिएको  जिल्ला प्रहरी धादिङले जनाएको छ । आफैंले भोट हालेर निर्वाचित जन प्रतिनिधि भएर संरक्षक हुनु पर्नेमा उल्टै जातीय भेदभावका हिंसा गरिनु , शान्ति शुरक्षा एवं न्यायका लागि प्रहरी संरक्षणमा आउनु परेको पिडित राम बहादुर बताउँछन् ।आरोपित  हिम प्रसाद पाठक माथि कानुन बमोजिम कारबाहीको आम दलित समुदायको माग रहनेछ । यस जातीय विभेदकाे घटनालाई राष्ट्रिय दलित आयाेगमा समेत जानकारी गराईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top