Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

नेपाल पत्रकार महासंघ ललितपुर शाखाको ‘ मार्गदर्शक पुस्तक ’ विमोचन हुँदै

Spread the love

निराज रानाभाट,

ललितपुर – नेपाल पत्रकार महासंघ ललितपुर शाखाले इतिहास नेतृत्वको, कथा महासंघको समेटेर तयार पारेको ‘ मार्गदर्शक पुस्तक ’ विमोचन हुँदै छ । पत्रकारिता क्षेत्रमा संलग्न महासंघ ललितपुर शाखाका पूर्व अध्यक्ष, कार्य समिति, केन्द्रीय पार्सद समेटिएको यस पुस्तकमा संस्थाको गतिविधि र यात्रालाई उजागर गर्ने उद्देश्यले प्रकाशन गर्न लागिएको हो । यसमा ललितपुर शाखाको स्थापना कालदेखि आजसम्मको ऐतिहासिक यात्रालाई सुव्यवस्थित ढंगले अभिलेखीकरण गर्ने कार्य अहिलेको कार्य समितिले सम्पन्न गरेको छ । उक्त पुस्तकको विमोचन समारोह पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ को प्रमुख आतिथ्यतामा सम्पन्न हुँदै छ ।

त्यसैगरी, उक्त कार्यक्रममा वि.सं. २०८१ सालको एसईई परीक्षा र २०८२ सालको कक्षा १२ उत्तीर्ण भएका नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सदस्यहरुका छोरा / छोरीहरुलाई विशेष सम्मान गरिने छ । यस सम्मानले उनीहरूको मनोबल उच्च बनाउन मद्दत गर्ने आयोजकले विश्वास लिएको छ । उक्त कार्यक्रम भदौ १४ गते, शनिबार, ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइभ लेजर पार्कमा बिहान ०७:३० बजेदेखि हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top