Flash Story

निजी विद्यालय सञ्चालकहरुले चक्रपथमा निकाले बस र्‍याली

Spread the love

काठमाडौँ। विद्यालय शिक्षा विधेयकमा असन्तुष्ट निजी विद्यालय सञ्चालकहरूले काठमाडौँको चक्रपथमा बस र्‍याली निकालेका छन्। उनीहरूले विधेयकमा पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने शब्द हटाउन माग गरेका हुन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारमाथि दबाब दिइरहेको बताएका छन्।

यसैक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएको संयुक्त आयोजनामा चक्रपथमा र्‍याली निकालिएको थियो। र्‍यालीमा विद्यालयका बसहरूको लस्कर देखिएको थियो।

र्‍यालीका कारण केही स्थानमा अन्य यातायातमा असुविधा सिर्जना भएको थियो। तर आयोजकहरूले आफ्नो उद्देश्य शान्तिपूर्ण प्रदर्शनको रहेको र सरकारलाई आफ्नो माग सुनाउने प्रयास गरिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top