
काठमाडौं – दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै कालिमाटीस्थित न्यू ए वन टेलरिङ हाउसले विशेष अफर सार्वजनिक गरेको छ। टेलरिङ हाउसले दशैंको घटस्थापनासम्म अर्डर गर्ने ९९ जना ग्राहकलाई ६,५०० मा सुट–पाइन्ट सेट उपलब्ध गराउने जनाएको हो ।
आफ्नो १३औँ वार्षिक उत्सवसमेत भएकाले विशेष अफर ल्याइएको टेलिरिङ हाउसका सञ्चालक राजन पौडेलले जानकारी दिए ।
पसलमा पुगेका ग्राहकले आफ्नो नाप र मनपर्ने डिजाइन छानी अर्डर गर्न सक्नेछन् । ‘पर्व लक्षित र वार्षिक उत्सव विशेष अफर सीमित ग्राहकका लागि मात्र हो’, पौडेलले भने, ‘जतिसक्दो चाँडो अर्डर गर्नुभयो त्यति नै राम्रो हुन्छ ।’
समूहमा अर्डर गर्ने ग्राहकका लागि पनि छुटको व्यवस्था गरिएको छ। पाँच जनाको समूहले १० प्रतिशत छुट पाउनेछन् भने १० जनाको समूहले २० प्रतिशत छुट पाउनेछन्।
अर्डरका लागि ग्राहकले टेलरिङ हाउसमा प्रत्यक्ष पुग्न सक्नेछन् वा ९८५११५२०९९ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।
टेलरिङ हाउसले सिटिईभिटी र निजामति कर्मचारिहरुको ड्रेस पनि सुलभ मुल्यमा उपलब्ध गराउँदै आइरहेको छ ।

