Flash Story

नेपाल प्रहरीमा भर्ना खुल्यो

Spread the love

काठमाडौँ। नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति माग गरेको छ । प्रहरी प्रधान कार्यालयले आज गोरखापत्र दैनिकमा सूचना निकालेर एक हजार ५५३ जना प्रहरी जवान, ११ जना हजाम (कार्यालय सहयोगी), १५ कुचीकार र १५ खेलाडी गरी १५९४ जनाका लागि दरखास्त आह्वान गरेको हो।

प्रहरी जवानका लागि न्यूनतम ८ कक्षा पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ। प्रहरी कार्यालय सहयोगीका लागि भने साधारण लेखपढ गर्न जाने पुग्नेछ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म दरखास्त फाराम बुझाउन सक्ने सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top