Flash Story
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने

जेन्जी २.० कर्णाली र बिरेन्द्रनगर नगरपालिका मिलेर बसपार्क सरसफाइ गर्दै

Spread the love

बिरेन्द्रनगर – जेन्जी २.० कर्णाली को नेतृत्वमा बिरेन्द्रनगर नगरपालिकासँगको सहकार्यमा ‘सफा बिरेन्द्रनगर अभियान’ अन्तर्गत बसपार्क सरसफाइ विशेष कार्यक्रम दोस्रो पटक सञ्चालन हुने भएको छ। यो कार्यक्रम अघिल्लो सरसफाइ गतिविधिको निरन्तरताको रूपमा आयोजना गर्न लागिएको हो, जहाँ त्यस दिन गरिएका प्रतिबद्धताहरूको कार्यान्वयन प्रक्रिया सुरु हुँदैछ।
Gen-Z 2.0 Karnali ले यस अभियानलाई बिरेन्द्रनगर नगरपालिकासँगको सहकार्यको उत्सवका रूपमा समेत लिएको जनाएको छ। सफा, व्यवस्थित र जिम्मेवार बिरेन्द्रनगर निर्माणतर्फको साझा यात्रामा यो अभियानलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
बिरेन्द्रनगर नगरपालिकासँग भएको बैठकमा बसपार्क क्षेत्रको छोटो तथा दीर्घकालीन फोहोर व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको थियो। साथै अभियानलाई निरन्तर र प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच साझा प्रतिबद्धता व्यक्त गरिएको छ। नगरपालिकाले बसपार्क फोहोर व्यवस्थापनका लागि अन्तिम प्रस्ताव (Final Draft Proposal) तयार गर्न Gen-Z 2.0 Karnali लाई आग्रह गरेको छ।
अभियान अन्तर्गत तत्काल सुरु हुने ठोस सहयोगहरूमा बिरेन्द्रनगर नगरपालिकाको सहयोगमा बसपार्क क्षेत्रमा २५ वटा डस्टबिन जडान गरिने तथा अभियानलाई निरन्तर सञ्चालन गर्न आवश्यक सरसफाइ उपकरणहरू उपलब्ध गराइने जनाइएको छ।
आयोजकका अनुसार यो अभियान केवल एकदिनको सरसफाइमा सीमित नभई नीति, प्रतिबद्धता र निरन्तरतामा आधारित दिगो परिवर्तनको सुरुवात हो।
कार्यक्रम शनिबार, पौष १२ गते बिहान ९ बजे बिरेन्द्रनगर बसपार्कमा सञ्चालन हुनेछ। आयोजकले सबै सचेत नागरिक, युवा स्वयंसेवक तथा सरोकारवालाहरूलाई अभियानमा सहभागिता जनाउन आग्रह गरेका छन्।
सफा बिरेन्द्रनगर — हाम्रो साझा जिम्मेवारी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top