Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

ललितपुरमा निःशुल्क स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन

Spread the love

ललितपुर । आयुर्वेदमा वर्णन गरिएको बालबालिकाका लागि अत्यन्त लाभदायक औषधियुक्त थोपा स्वर्णबिन्दु प्राशन कार्यक्रम आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुरले सञ्चालन गरिरहेको छ। प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन नियमित रूपमा खुवाइने स्वर्णबिन्दु प्राशन अन्तर्गत १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई निःशुल्क सेवा प्रदान गरिँदै आएको चिकित्सालयले जनाएको छ।

आयुर्वेदिक मान्यताअनुसार नियमित स्वर्णप्राशन गराउँदा बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने, रोग प्रतिरोधात्मक क्षमता बढ्ने, स्मरण शक्ति र एकाग्रता वृद्धि हुने तथा पाचन प्रणाली सुदृढ हुने विश्वास गरिएको छ। यही उद्देश्यका साथ कार्तिक महिनादेखि सुरु गरिएको कार्यक्रममा हालसम्म करिब तीनसय जना बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रमबाट लाभान्वित भएका छन् ।

चिकित्सालयका अनुसार कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म आयुर्वेद तथा वैकल्पिक चिकित्सालय परिसरमै सञ्चालन भइरहेको छ। सोही दिन बाल रोग विशेषज्ञको उपस्थितिमा बालबालिकाको स्वास्थ्य परीक्षणसमेत गरिने भएकाले अभिभावकहरूको उल्लेख्य सहभागिता देखिएको छ।

कार्यक्रमअन्तर्गत रुघा–खोकी, ज्वरो, खाना नपचेको अवस्था, झाडापखाला लागेको वा आऊँ परेको जस्ता समस्याहरू देखिएका बालबालिकालाई भने स्वर्णबिन्दु खुवाइँदैन। चिकित्सकको सल्लाहअनुसार मात्र सेवा प्रदान गरिने चिकित्सालयले स्पष्ट पारेको छ।

अभिभावकहरूले कार्यक्रमले बालस्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको प्रतिक्रिया दिएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले आगामी दिनमा पनि पुष्य नक्षत्रका दिनहरूमा नियमित रूपमा कार्यक्रम निरन्तरता दिने जनाएको छ।

बालबालिकाको दीर्घकालीन स्वास्थ्य सुदृढीकरणका लागि आयुर्वेदिक पद्धतिलाई व्यवहारमा उतार्ने उद्देश्यसहित सञ्चालन गरिएको यो कार्यक्रम अभिभावक र समुदायबाट सकारात्मक रूपमा ग्रहण भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top