Flash Story
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिद्वारा काठमाडौंमा सामूहिक विरोध
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
हामीलाई बाँच्न देऊ’ : गोर्खा जिल्ला समितिद्वारा पाँचबुँदे माग सार्वजनिक
‘एउटा सडक प्रयोग गर्दा पूरा शुल्क असुल्नु न्यायोचित होइन’ : वडा अध्यक्ष खतिवडा
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू (सूची)
व्यवसायी शंकर अग्रवाल पक्राउ
लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिले साउन १२ देखि माइतीघरमा कडा आन्दोलन गर्ने
कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

Category: समाज

असार १९ गते धादिङमा ‘छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता’ हुने

निराज रानाभाट, धादिङ । धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा अवस्थित श्री निरञ्जना माध्यमिक विद्यालयमा असार १९ गते ‘छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता – २०८२ ’ आयोजना हुने भएको छ । उक्त प्रतियोगिता निरञ्जना भूतपूर्व शिक्षक तथा विद्यार्थी छात्रवृत्ति कोष २०५६ को संरक्षणमा र श्री निरञ्जना माध्यमिक विद्यालयको संयोजकमा, मार्पाक सामुदायिक क्लबको आयोजनामा […]

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

काठमाडौं – रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम निर्वाचित भएकी हुन् । सोविता उपसभापतिमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।

सीमा र देशको विषयमा बोल्दा बालेन सरकारले हामीलाई थुन्योः जेनजी अभियान्ता

काठमाडौं । ७ दिनको हिरासतको बसाइपछि रिहा भएका राष्ट्रिय जेनजी नागरिक अभियानका अजय सोडारी र विर्जन विश्वकर्माले आफूहरुलाई राज्यले कानुन विपरित थुनेको बताएका छन् । विहिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले राष्ट्रिय स्वाधीनताको पक्षका आवाज बन्द गर्न नसक्ने चेतावनी दिएका छन् । अभियानका संयोजक सुनिल सिंहले आफ्ना साथिहरुमाथि राज्यको गैरन्यायीक कदमको निन्दा […]

रासायनिक मल अभावले किसान संकटमा, थाक्रे–६ का वडा अध्यक्षको सरकारलाई प्रश्न

धादिङ — थाक्रे गाउँपालिका–६ का वडा अध्यक्षल हिराबहादुर थापा ‘राजेन्द्र’ले गाउँमा रासायनिक मलको चरम अभाव र कालोबजारीका कारण किसानहरू गम्भीर समस्यामा परेको बताएका छन्।उनका अनुसार खेतीपातीको मुख्य समयमा किसानले सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल पाउन सकेका छैनन्। तर बजारमा भने महँगो मूल्य तिरेर मल किन्न सकिने अवस्था देखिएको छ। यसले मलको कृत्रिम अभाव र […]

अर्थ समितिमा न्याय माग्दै पुगे लघुवित्त पीडित, प्रतिवेदन कार्यान्वयन गर्न माग

काठमाडौं — विगत करिब पाँच वर्षदेखि विभिन्न माग राख्दै संघर्षरत लघुवित्त पीडितहरू न्यायको माग गर्दै संघीय संसदको अर्थ समितिमा पुगेका छन्।लघुवित्त पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवाली, उपाध्यक्ष तथा वार्ता टोली संयोजक अनिल बिशुङ्खे, केन्द्रीय सह–सचिव दिलिप ग्राम्जा मगर र कर्णाली प्रदेश सचिव माया सिंहसहितको टोलीले अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकी समक्ष आफ्नो […]

कैलालीको अत्तरियाबाट लघुवित्त पीडितको सरकारलाई चेतावनी

कैलाली – सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत अत्तरिया बजारमा लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले सरकारलाई कडा चेतावनी दिएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत समितिले अघिल्लो सरकारसँग भएको सहमति र सर्वोच्च अदालतको फैसला असार १५ गतेभित्र कार्यान्वयन नभए देशव्यापी संघर्षमा उत्रने घोषणा गरेको हो। समितिका सुदूरपश्चिम प्रदेश अध्यक्ष आसा सन्जेल ले पाँच वर्षदेखि निरन्तर आन्दोलन […]

लुम्बिनीबाट लघुवित्त पीडितको सरकारलाई चेतावनी

बाँके – लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लाको कोहलपुर बजारमा आयोजित पत्रकार सम्मेलनमा लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले सरकारसँग अघिल्लो सरकारसँग भएको सहमति र सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्न माग गरेको छ। माग पूरा नभए थप सशक्त आन्दोलनमा उत्रने चेतावनी पीडितहरूले दिएका छन्। समितिका लुम्बिनी प्रदेश अध्यक्ष बद्री देवनले पाँच वर्षदेखि निरन्तर संघर्ष […]

लघुवित्त पीडितको चेतावनी : सर्वोच्चको फैसला कार्यान्वयन नभए आन्दोलन

विराटनगर – लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति ले अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयन नगरे आन्दोलन चर्काउने चेतावनी दिएको छ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा समितिले सर्वोच्च अदालतले पीडितको पक्षमा गरेको फैसला तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो।समितिका प्रदेश अध्यक्ष माधब गिरि ले पाँच वर्षदेखि निरन्तर संघर्ष गर्दा पनि पीडितले न्याय नपाएको गुनासो […]

रोशा श्रेष्ठ : सामाजिक सेवा, सुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर सक्रियता

काठमाडौं — सामाजिक अभियन्ता तथा स्वास्थ्य तथा उद्यमशीलता क्षेत्रमा सक्रिय रोशा श्रेष्ठ सामाजिक सेवा, सुशासन तथा भ्रष्टाचारविरुद्ध निरन्तर सक्रिय रहँदै आएकी छिन्।श्रेष्ठले लामो समयदेखि विभिन्न भ्रष्टाचारका मुद्दामा सशक्त रूपमा आवाज उठाउँदै आइरहेकी छिन्। विशेषगरी वाइडबडी विमान खरिद प्रकरणदेखि सार्वजनिक सरोकारसँग जोडिएका विभिन्न अनियमितता, दुरुपयोग तथा अन्यायपूर्ण घटनाविरुद्ध उनले स्पष्ट अडानसहित आफ्नो धारणा सार्वजनिक गर्दै आएकी […]

रास्वपा कीर्तिपुर–२ को प्रथम वडा अधिवेशन सम्पन्न, नयाँ समिति निर्विरोध चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कीर्तिपुर नगरपालिका वडा नं. २ को प्रथम ऐतिहासिक वडा अधिवेशन भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट महेश महर्जन निर्विरोध रूपमा सभापतिमा चयन भएका छन्। त्यसैगरी दीपक धमला उपसभापति, सविन बाबु महर्जन सचिव तथा ठाकुर राम न्यौपाने, शर्मिला श्रेष्ठ, लक्ष्मी शोभा महर्जन, सरस्वती अर्याल, सुनीता के.सी., नीलकण्ठ महर्जन र […]

Back To Top