Flash Story
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिद्वारा काठमाडौंमा सामूहिक विरोध
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
हामीलाई बाँच्न देऊ’ : गोर्खा जिल्ला समितिद्वारा पाँचबुँदे माग सार्वजनिक
‘एउटा सडक प्रयोग गर्दा पूरा शुल्क असुल्नु न्यायोचित होइन’ : वडा अध्यक्ष खतिवडा
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू (सूची)
व्यवसायी शंकर अग्रवाल पक्राउ
लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिले साउन १२ देखि माइतीघरमा कडा आन्दोलन गर्ने
कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ककनी गाउँपालिका वडा नं. १, ७ र ८ मा रा.स्व.पा.को तदर्थ समिति गठन

Spread the love

नुवाकोट – नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर १, ७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का तदर्थ समिति गठन कार्य सम्पन्न भएको छ।

प्रतिनिधिसभाका उम्मेदवार सुमन बिक्रम पाण्डे र प्रधुम्न महतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला उपसभापति शरण महत, निर्वाचन क्षेत्र नं. १ का सभापति यदुमान लामा, ककनी गाउँपालिका कार्यबाहक सभापति रोजिन लामा, सचिव शिशिर फुयाल तथा वाग्मती प्रदेश अभियान तथा प्रचारप्रसार विभागका सदस्य अभिराज न्यौपानेको उपस्थिति रहेको थियो।

कार्यक्रममा वडा नं. १ मा रमेश बलामी, वडा नं. ७ मा राजकुमार श्रेष्ठ र वडा नं. ८ मा निरज लामिछानेलाई सभापति चयन गर्दै तदर्थ समिति गठन गरिएको हो।

साथै, पार्टी सभापति रवि लामिछाने विरुद्ध सरकारले ल्याएको प्रतिशोधपूर्ण कदमको विरोधमा बृहत् हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको विभागीय सदस्य न्यौपानेले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top