Flash Story

आज देशभर मनसुन सक्रिय, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

Spread the love

काठमाडौँ – देशभर मनसुन सक्रिय भएसँगै आज (सोमबार) दिउँसो र राति पनि विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले बिहान ६ बजे सार्वजनिक गरेको २४ घण्टे बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा नेपालको तराईनजिकको उत्तरतर्फ रहँदा देशभर मौसम बदलीसँगै वर्षा हुने सम्भावना देखिएको हो। यो सक्रियताको कारण दिउँसोदेखि रातिसम्म वर्षा तीव्र हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top