काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्ने भएको छ । अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान […]
लामिछानेको पेसी आज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा दिएको निवेदनको पेसी आजको लागि तोकिएको छ। जिल्ला अदालत रूपन्देहीमा लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै यही साउन १९ गते निवेदन दिएका थिए। उनको […]
इजरायली आक्रमणमा अल जजीराका चार पत्रकारको मृत्यु
एजेन्सी : अल जजीराले गाजाको अल-शिफा अस्पताल नजिक भएको इजरायली हमलामा आफ्ना चार पत्रकारको मृत्यु भएको जनाएको छ । अल जजीराका अनुसार, इजरायली हमलाको समयमा संवाददाता अनस अल-शरिफ र मोहम्मद कुरैके, क्यामेरापर्सन इब्राहिम जहीर र मोहम्मद नौफल अस्पतालको मुख्य प्रवेशद्वारमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा थिए। करिब दुई हप्ताअघि अल जजीराले इजरायली रक्षा बल (आईडीएफ) को […]
साउनको अन्तिम सोमबार पशुपतिमा श्रद्धालुहरूको भिड
काठमाडौँ – साउन महिनाको अन्तिम सोमबारको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनहरूको ठूलो भीड लागेको छ। देशका विभिन्न ठाउँबाट आएका श्रद्धालुहरूले भगवान् शिवको दर्शन तथा पूजा–अर्चनाका लागि लामो लाइनमा उभिएर पालो पर्खिरहेका छन्। धार्मिक विश्वासअनुसार साउन महिनामा सोमबारको दिन भगवान् शिवलाई जल, दूध, बेलपत्र अर्पण गरे मनोकामना पूरा हुने मान्यता छ। विशेषगरी अन्तिम सोमबारलाई […]
विपिनको खोजीका लागि इजरायल जान विमानस्थल पुगे आमा र बहिनी
काठमाडौं – प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल जाँदैछन् । हमासले बन्धक बनाएका विपिनको खोजीका लागि आमा पदमा र बहिनी पुष्पा केही बेरमा फलाई दुबईबाट इजरायलका लागि उड्दैछन् । उनीहरु अहिले त्रिभुवन विमानस्थलमा छन् । लामो समयसम्म पनि विपिन रिहा नभएपछि संयुक्त राष्ट्रसंघमार्फत पहल गर्न […]
टोखा च्याम्पियन: दुबई शाखाले जित्यो ८ स्वर्ण पदक
काठमाडौं — गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा शनिबार सम्पन्न अन्तर टोखा–तारकेश्वर नगर प्रतियोगितामा दुबई शाखा टोखा ८ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित च्याम्पियन बनेको छ। टोखामा सम्पन्न उक्त प्रतियोगितामा १ सय ५० खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। महिला तर्फ आयुष्मा स्याङतान, निमिता शाही, रेशु तामाङ, रक्षा सापकोटा, झरना संज्याल, पूजा […]
महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता
काठमाडौं । कञ्चनपुरस्थित महाकाली नदीमा आइतबार नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका-१२ ऐरीनजिकै महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन्। भीमदत्त नगरपालिका-११ की जीविका पन्त र सानबी पन्त नदीमा बेपत्ता भएका हुुन् । उनीहरू दुवैको उमेर अन्दाजी ६र७ वर्ष छ । उनीहरूको खोजी भइहेको प्रहरीले जनाएको छ। स्थानीयका […]
पशुपतिमा जलाउन लागिएको शवबाट मासु, हड्डी निकालेको आरोपमा एक जना पक्राउ
काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु, हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेका छन् । उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंकाले जनाएको छ। घटनाबारे अनुसन्धान सुरु भैरहेको छ । काभ्रेको बनेपा नगरपालिका ९ […]
प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेल विच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल विच भेटवार्ता भएको छ । भेट आइतबार शीतलनिवासमा भएको हो । राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसारप्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा हालै सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका बारेमा जानकारी गराएका हुन् । प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म आयोजित उक्त सम्मेलनमा सहभागी भएका थिए […]
जनकपुरमा रेल र कार ठोक्कियो
काठमाडौं । जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएका छन् । बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । रेल भांगहा तर्फबाट जनकपुरतर्फ जाँदै थियो । सोही क्रममा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको […]

