Flash Story
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने

Month: August 2025

बालिका बलात्कार गरेको आरोपमा १ जना पक्राउ

काठमाडौं । सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका-२ सिम्ले बस्ने ३० वर्षीय बुद्ध लामा छन् ।बुद्धले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय​बाह्रबिसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुनको मूल्य तोलामा १३ सयले घट्यो, कतिमा हुुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ८०० रुपैयाँ कायम छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार […]

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज संसदबाट विश्वासको मत लिँदैछन् । प्रदेश सभाको दिउँसो ४ बजे बस्ने बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकारको नेतृत्व गरेका बानियाँले आज नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को […]

धादिङमा कक्षा १० का विद्यार्थी सुलभ श्रेष्ठमाथि धारिलो हतियार प्रहार

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–४ का सुलभ श्रेष्ठ सोमबार साँझ अज्ञात समूहको धारिलो हतियार प्रहारबाट घाइते भएका छन्। घरको गेटमै आक्रमणमा परेका श्रेष्ठको हाल धादिङ अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको थाइमा गहिरो चोट लागेको छ भने अनुहारमा समेत चोट पुगेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार श्रेष्ठ नीलकण्ठ […]

लघुवित्त पीडितको पक्षमा छिट्टै फैसला आउँछ : मनिराम ज्ञवाली

काठमाडौं – लघुवित्त सङ्घर्ष समिति केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा लघुवित्त पीडितको पक्षमा छिट्टै फैसला हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, सर्वोच्च अदालतले प्रतिवादी नेपाल सरकारको प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र लघुवित्त बैंकर्स संघलाई प्रतिवेदन कार्यान्वयनको विषयमा कारणसहित लिखित जवाफ मागेको छ। उक्त लिखित जवाफ अदालतमा आएपछि छिट्टै […]

भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक/दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। सोमबार देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मधेस प्रदेश लगायत देशका बाँकी तराई भूभागका […]

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं – आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेस गर्ने सम्भावित कार्यसूची छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, […]

मानव अधिकार आयोग भन्छ- रवि बसेको कोठामा एसी छैन, झ्याल पनि बन्द छ

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले प्रष्ट पारेको छ । कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् । क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका […]

जाजरकोटमा एम्बुलेन्स दुर्घटना,चालकको मृत्यु

काठमाडौं । जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भेरी नगरपालिका–१, कोल्चौरनजिकै कल्ले खोलामा गए राति १ बजे भएको एम्बुलेन्स दुर्घटनामा चालक भेरी नगरपालिका–१, डौँरीकाँडाका २७ वर्षीय सुनील चदराको मृत्यु भएको हो । भेरी नगरपालिका–१, रावत गाउँदेखि मैदेमा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको हो । उकालो जाने क्रममा भित्तामा ठोक्किएर […]

सुनसरीमा दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको मृत्यु

काठमाडौं। सुनसरी दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान एकआपसमा ठोक्किएको हो । घाइतेहरुको इनरुवा, विराटनगर न्यूरो, नोबेल अस्पतालमा […]

Back To Top